www.tandavnews.com
Fact ~ In search of truth

ओलीलाई अमेरिकी राष्ट्रपति ट्रम्पको बधाई

पोखरा
ताण्डव संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले बधाई दिएका छन् ।

फाल्गुन तीन गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीलाई ट्रम्पले बधाई दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Batas

ट्रम्पले ऐतिहासिक रूपमा तीन तहका चुनाव सफलतापूर्वक सम्पन्न हुनुले नेपालको समावेशी लोकतान्त्रिक शासनतर्फको प्रतिवद्धता प्रमाणित गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीलाई पठाएको बधाई सन्देशमा ट्रम्पले आफू दुई देशबीचको साझेदारी बढाउन र स्थायीत्व, सुशासन र दिगो आर्थिक विकासमा सहयोग गर्न तयार रहेको बताएका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.