www.tandavnews.com
Fact ~ In search of truth

डा. ओम गुरुङ भन्छन् ‘पहिचान भनेको जात होइन’

पोखरा
ताण्डव संवाददाता ।

त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक डा. ओम गुरुङले पहिचान भनेको जात होइन, संस्कृति भएको बताएका छन् ।

पोखरामा सम्पन्न दुई दिने मानवशास्त्रीहरुको सम्मेलनको बारेमा संचारकर्मीलाई जानकारी दिने सन्र्दभमा गुरुङले सो कुरा बताएका हुन् ।

Batas

नेपाल आफैंमा भौगोलिक, सामाजिक, सांस्कृतिक रुपमा नै विविधतापूर्ण भएकाले संस्कृति जगेर्ना गर्नु भनेको जातिय पहिचान खोजेको बुझ्नु त्रुटिपूर्ण रहेको समेत औल्याए ।

‘ओम गुरुङ जातिय पहिचान माग्दै हिड्छ भन्छन्, त्यो बुझ्नेले गलत बुझेको हो मैले नेपालीको संस्कृतिनै पहिचान भएकाले संस्कृतिलाई सम्मानजनक रुपमा लिनुपर्दछ भनेको हो’ मानवको उत्पत्तिदेखि लिएर समाजमा उसले गर्ने अन्तरक्रियासँग सम्बन्धित ज्ञान लिनलाई मानवशास्त्र विषयको अध्ययन महत्वपूर्ण रहेको गुरुङले बताए ।

मानवशास्त्रलाई समाजशास्त्र विषय भित्र गौण बनाइराख्नु अत्यन्तै भ्रम रहेको बताउँदै गुरुङले ‘मानवशास्त्रीले स्थलगत अध्ययन गरेर तथ्यांक संकलन गर्दछ, कुन देशको कुन ठाउँमा के कस्ता संस्कृति र के कसरी मानव उत्पत्ति, कला, इतिहास, संस्कृति, राजनीतिक अवस्थिती लगायत सूक्ष्म विषयको अध्ययन मानवशास्त्रीलेगर्न सक्छ’

समाजशास्त्र ‘सल्यास’ मानवशास्त्र भनेर नामाकरण गरिनु नै मानवशास्त्र विषयको महत्वबोध हुन नसक्नुको प्रमुख कारणरहेको गुरुङले बताए ।

मुलुक संघीय अभ्यासमा प्रवेश गरिसकेकोले विद्यार्थीलाई मानवशास्त्रका बारेमा बुझाई विषयगत दायित्वबोध गराउनु पर्ने बेला भएको पृथ्वीनारायण क्याम्पसका मानवशास्त्र विभागिय प्रमुख सूर्यभक्त सिग्देलले बताए ।

राजनीति, अर्थतन्त्र, विकास परिवर्तन, मानिसको सामाजिक रीतिरिवाज, मानवको उत्पत्ति र त्यसले गर्ने अन्र्तक्रिया सबै मानवशास्त्र विषयले समेटेकोले पनि मानवशास्त्र विषयलाई पढेकै व्यक्तिहरुले पनि यसको ज्ञानबोध गर्न नसकेकोले अब नयाँ सिराबाट मानवशास्त्र विषयको विकासका लागि बहस शुरु भईसकेको समेत सिग्देलले बताए ।

पोखरामा सम्पन्न सेमिनारमा विभिन्न जिल्लाबाट सहभागिहरुले ३३ वटा कार्यपत्र प्रस्तुत गरेका छन् । नेपालका भौगोलिक, आर्थिक, सांस्कृतिक, राजनीतिक, भौतिक व्यवस्थापन लगायत विषयमा कार्यपत्र प्राप्त भएकाले छिट्टै नै पुस्तकका रुपमा उक्त कार्यपत्रलाई प्रकाशनगर्ने जानकारी उपप्राध्यापक अमृत कुमार भण्डारीले दिए ।

कार्यक्रममा त्रिवि मानवशास्त्र विभागका प्रा.डा. भानुभक्त तिमिल्सेना, सूर्यभक्त सिग्देल, अमृतकुमार भण्डारी, डा. प्रकाश उपाध्याय, शरदकुमार पौडेल, जनार्दन थापा, अर्जुन पोखरेल, पुष्पराज कोइराला, रुद्र तिमिल्सेना, किशोर अधिकारीको उपस्थिती थियो ।

त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र र मानवशास्त्र विषयको विभाग २०७२ सालदेखि छुट्टाछुट्टै विभाग मार्फत संचालन भइरहेको छ । हाल पृथ्वीनारायण क्याम्पसको स्नातकोत्तर तहमा मानवशास्त्र विषयको सेमेष्टेरमा कक्षा संचालन भईरहेको छ । भने, स्नातक तहमा समेत २०७३ देखि नै मानवशास्त्र विषयको छुट्टै विषय अध्ययन अध्यापन संचालनमा आईसकेको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.