www.tandavnews.com
Fact ~ In search of truth

उज्यालो बजार काण्डमा पक्राउ परिन् पार्वती

पाेखरा
ताण्डव न्यूज ।

उज्यालो बजार आगलागी काण्डमा पञ्चासे हस्तकलाकी संचालीका पार्वती कुमारी शर्मा पक्राउ परेकी छिन् ।

पोखरा लेखनाथ–४ मा रहेको सिद्धार्थ कम्प्लेक्स उज्यालो बजारमा जेठ २५ गते भएको आगलागीको घटना आरोपमा शर्मालाई कास्की प्रहरीले पक्राउ गरि अनुसन्धान अघि बढाएको हो ।

Batas

उज्यालो प्रतिष्ठानको अध्यक्ष समेत रहेकी शर्माले कम्प्लेक्स भित्र डि लाईन ८ र ९ नम्बरको सटरमा हस्तकलाको स्टोर राखेकी थिइन् । आगलागी भएपछि कम्प्लेक्सका व्यावसायिहरुले शर्मा बिरुद्ध आगलागी गरेको आरोपमा कास्की प्रहरीकहाँ किटानी जाहेरी दिएका थिए ।

आरोप लगाउन पनि प्रमाण पुग्नपर्ने हुदाँ जाहेरी लिन प्रहरीले केही दिन कुरेपनि अन्तत केही आधार प्रमाण प्राप्त गरेपछि पार्वती बिरुद्ध जाहेरी लिन कास्की प्रहरी बाध्य भएको हो ।

प्रहरी स्रोतका अनुसार कम्प्लेक्समा बिद्युतिय सटका कारण आगलागी नभएको , घटना भएको ८ र ९ नम्बर सटरमा राति करिब ८ बजेतिर दुई जना महिलाहरु आएर र पञ्चासे हस्तकलाको सटर भित्र बोरामा सिसा लगायत अनावश्यक चिज फेला पर्नुले आगो लागेको हैन, लगाइएको पुष्टि गरेको हो ।

‘अन्य दिन बाहिर रहने वोरामा आगजनी भएपछि भित्र थियो,’ स्रोतले भन्यो, ‘जबकी त्यो वोरामा काम लाग्ने सामान केही थिएन , त्यो धेरै समान देखाउन भित्र राखेको पाइन्छ ।’

पञ्चासे हस्तकलाले गुडियाहरु लगायत अन्य सामाग्री बनाउने काम गर्ने जसको लागि कपडाहरु आवश्यक पर्ने स्रोतले सुनायो ।

‘कसैले बोरामा बाँधेर सिसा राख्छ ?’, स्रोतले भन्यो, ‘अर्को कुरा जलेको भोलीपल्ट नै पञ्चासे हस्तकलाले करिब १ करोड बढि रकम बराबरको सिद्धार्थ इन्सुरेन्समा दाबी गर्नाले झन् शंका उब्जेको थियो । जबकी गुडिया पसलको स्टोरमा ४–५ लाख भन्दा माथिको सामान हुदैन ।’

घटना बारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्त तथा डिएसपि रविन्द्रमान गुरुङले बताए ।

‘मुद्दा दर्ता गरेर प्रक्रिया अघि बढाएका छौ’, उनले भने, ‘पञ्चासे हस्तकलाकी संचालीका पार्वती कुमारी शर्मालाई हिरासतमा लिएर थप अनुसन्धान भई रहेको छ ।’

यो पनि पढ्नुहोस्

उज्यालो बजारको आगलागीमा अाशंका

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.