www.tandavnews.com
Fact ~ In search of truth

भ्यालेन्टाइन डे मनाउनु आवश्यकता कि विकृति ?

पाेखरा
ताण्डव न्यूज । 

‘गलत काममा प्रेरित भएको देखिन्छ’


रोजी श्रेष्ठ (मिडिया पर्सन)

Batas

जुन दिन मिल्छ तेहि दिन नै उत्साह हो मेरो लागि । तेसैले म भ्यालेन्टाइन डे १४ फेब्रअरि मै मात्र मनाउनु पर्छ भन्नेमा म सहमत छैन । र यो दिन धेरै केटा–केटी विशेष गरी टिनेजरले अनावश्यक रुपमा खर्च गर्ने गरेको आजकल देखिन्छ ।

यति मात्रै होइन उनीहरु गलत काममा प्रेरित भएको देखिन्छ । जसले जीवन जोखिममा पारिरहेका छन् । जसले गर्दा आफूले त दुख पायो–पायो परिवारले पनि टाउको समातेर बस्नु पर्ने अबस्था आइलाग्छ । त्यसैले यो भ्यालेन्टाइन डे मलाई विकृति लाग्छ ।

‘प्रेमिप्रेमिकाको विशेष दिनको रुपमा लिइन्छ’


निरज नेपाली (तेक्वान्डो असिसटेन्ट इन यशुदा टेक्वान्डो डोजाङ)

जो मान्छेले कसैलाई पनि चोखो माया गर्छ भने उसको लागी हरेक दिन भ्यालेन्टाइन डे । मेरो विचारमा एभ्ररी डे इज लाइक अ भ्यालेन्टाइन डे तर सबै मानिसको आफ्नो–आफ्नो भ्यु हुन्छ । उनीहरुको भ्युमा भर पर्छ भ्यालेन्टाइन डे आवश्यक कि विकृती भन्ने कुरा ।

म भ्यालेन्टाइन डे लाई सिधै विकृती त भन्न सक्दिन् किनकी राम्रो वयमा मनाउनेहरु पनि छन् । विशेष गरी भ्यालेन्टाइन डे प्रेमिप्रेमिकाको विशेष दिनको रुपमा लिइन्छ, प्रेम–प्रस्ताव राख्न नसकेकाहरुको लागि झनै विशेष मानिन्छ । जो मान्छेले आँट गरेर आफूले मन पराएको माया गरेको मान्छेलाई भन्न सकिरहेको हुदैँन उसको लागि आत्मबल बनेर आउँछ भ्यालेन्टाइन डे ,त्यसैले इट्स गुड ।

‘भ्यालेन्टाइन डे विकृति होइन’

थमन बहादुर ठकुरी (पुर्व नेपाली आर्मी)

भ्यालेन्टाइन डे विकृति होइन, यो मनाउनै पर्छ अति आवश्यक छ । मैले थाहा पाएपछि भ्यालेन्टाइन डे मनाइनै रहेको छु । तर कसरी मनाउने भन्ने कुरा मान्छे अनुसार फरक हुन्छ ।

व्यंग्य गर्दै,सबै विदेशी संस्कार आइसक्यो जमाना अनुसार चल्नुपर्यो नि त्यसैले पनि यो भ्यालेन्टाइन डे त जसरी पनि मनाउँनै पर्छ । विदेशीले गरे पछि हामीले किन नगर्ने त नि, नेपालमा सिस्टम नै त्यही आइसकेछ । विदेशी ले जे ग¥यो सिको गर्नी, माया साटासाट गर्नु विदेशी या स्वदेशी संस्कार त भन्न मिल्दैन तर भ्यालेन्टाइन डे मै मात्र माया साटासाट गर्नुपर्छ भन्ने चाही छैन् ।

‘सही तरिकाले मनाउनुपर्छ’

निर्मल रामदाम (आर जे)

भ्यालेन्टाइन डे आवश्यकता र विकृति भन्दा पनि पहिले पहिले नेपालमा मनाउने चलन पनि थिएन । विस्तारै विदेशी कल्चरहरु भित्रियो, यही कल्चरले नेपालमा ठाउँ जमायो । त्यसले गर्दा पछिल्लो समय युवा पुस्ताले भ्यालेन्टाइनडे लाई सच्चा मनले भन्दा पनि विदेशीको सिको गरेका हुन् । भ्यालेन्टाइन डे लाई विकृति नै भनेर पनि भन्न मिल्दैन ।

भ्यालेन्टाइन डे लाई कसरी हेर्नुहुन्छ आफूमा भर पर्ने कुरा हो । भ्यालेन्टाइन डेलाई पोजेटिभ लिनुहुन्छ कि नेगेटिभ । प्रेम दिवस भन्ने बित्तिकै युवा जेनेरेसनमा मात्रै हुन्छ भन्ने हुदैन्,अझ यसरी बुझौ प्रेम एक लक्का जवान युवक र युवतीबीच मात्रै हुन्छ भन्ने छैन् । प्रणय दिवस आफ्नो आमा बाबा,दिदिबहिनी,साथीभाई, दाजुभाई सबैसँग मनाउन सकिन्छ । यस हिसाबले भ्यालेन्टाइन डे मनाउनु अवाश्यक छ । विकृति छ तर मनाउनै हुदैँन भन्ने होइन कि सहि तरिकाले मनाउनुपर्छ ।

‘साँचो माया नै जिन्दगीको गिफ्ट हो’

रिता कार्की (स्टाफ नर्स)

भ्यालेन्टाइन डे मनाउनु विकृति हो । किनकि आजकाल भ्यालेन्टाइन डेको नाममा सानासाना उमेरका भाइबहिनीले मनलागी गरेको पाइन्छ । पहिला एक दिन भ्यालेन्टाइन डे भनेर मनाइन्थ्यो ,आजकल त झनै हप्तौँ अगाडि देखि सुरु हुन्छ भ्यालेन्टाइन डे । हरेक दिन केके दिन भन्छन् यसले झनै विकृति बढाएको छ । सच्चा प्रेम गर्नेले भ्यालेनटाइन डे पर्खिनु पर्दैन ।

भ्यालेन्टाइन डेका बेला अनावश्यक खर्च गर्ने प्रवृत्ति आजकल देखिन्छ । विभिन्न गिफ्ट नै दिएर माया हुन्छ भन्ने होइन साँच्चै माया भए त्यही माया नै जिन्दगीको गिफ्ट हो । प्रेम दिवसको दिन नगरेको प्रेम प्रपोजल एसेप्ट नगरेको भन्दै विभिन्न अपराधिक गतिविधि पनि भएको छ ।

‘भ्यालेन्टाइन डेले विसंगती फैलाएको छ’

सागर पौडेल (शिक्षक)

भ्यालेन्टाइन मनाउनु अवश्य पनि बिकृति हो । भ्यालेन्टाइन डे युवाहरूलाई कुलत र विसंगती तर्फ लैजाने एउटा माध्यम बनिसकेको छ । यसैको बहानामा घर बाट बाहिर निस्कनु ,पैसाको खर्च गर्नु, अनावश्यक समय खेर फाल्नु यी सबै विकृतिका उदाहरण हुन् । देश बाहिरबाट गुलाफ को फूल मगाएर मनाउने चलन बनेको छ ।

एकातिर यो दिवस मनाउने अर्को तिर दिन दिनै हाम्रा कलिला दिदीबहिनीहरु बलात्कारको शिकार भएका छन् यसले के सन्देश दिएको छ । यदि प्रेम दिवस नै मनाउने हो भने पहिला हाम्रा दिदीबहिनीहरुलाई सम्मान गर्नुपर्छ । अनि मात्र यो दिवस को सन्देश राम्रो जान्छ । प्रेम दिवस लाई अहिलेका युवाहरुले विकृतिको मुखमा पु¥याएका छन् ।

प्रेम दिवसको नाममा फूल बाड्दै हिड्ने अर्को तर्फ दिदी बहिनी चेलीहरुलाई जर्बजस्ती बलात्कार गर्ने यसले भ्यालेन्टाइन डे मनाउनुको कुनै अर्थ राख्दैन् ।

–प्रस्तुति : उमा विक

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.