www.tandavnews.com
Fact ~ In search of truth

विगेन नेपाल चोथौं वर्षमा, स्मारिका विमोचन

पोखरा
ताण्डव न्यूज ।

विगेन नेपाल हेल्थ टेक प्रालि तीन वर्ष पुरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ ।

विगेन मेडिकल कम्पनी लिमिटेड दक्षिण कोरियाको स्वास्थ्य सम्बन्धी मेसिन उत्पादन गर्ने कम्पनी हो जसको नेपाल सहित विश्वभर ९३ बढी देशसम्म सञ्जाल फैलिएको छ । जुन कम्पनी नेपाल भित्रिएको चौथो वर्षमा प्रवेश गरेको अवसरमा विगेनको कार्यालय पोखरा रामबजार स्थित विगेन स्मारिका समेत विमोचन गरियो ।

Batas

गण्डकी प्रदेश सभा सदस्य दीपक कोइरालाले कार्यक्रममको उद्घाटन गर्दै स्वास्थ्य सेवा प्रदायक विगेनको जनसेवा भावना अनुरुपको सेवा सराहनीय भएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका संयोजक त्रिभुवन पौडेलले विगेन नेपालले विश्वले अगिंकार गरेको स्वास्थ्य उपचार नेपालमा भित्राउन सफल भएकोमा निरन्तरता दिन आग्रह गरे ।

ताण्डव साप्ताहिकका अध्यक्ष रमण पौडेलले मानव स्वास्थ्य, उपचार र रोकथामको क्षेत्रमा उच्चतम सफलता प्राप्त गर्न सफल विगेनलाई अझ गुणस्तरीयता कायम गरी सञ्जाल विस्तार गर्न जोड दिए ।

मेरुदण्ड, मृगौला सम्बन्धी समस्याहरु, हातगोडा, कम्मरको दुखाईहरु, रक्तचाप र मुटुसम्बन्धी समस्याहरु, पायल्स, ग्याष्टिक, कब्जीयत, टन्सिल, थाइराइड, मोटोपन, मधुमेह, प्यारालाईसिस, निद्रा नलाग्ने एवं प्रोस्टेटका समस्याहरु, हाडजोर्नी तथा नसासम्बन्धी समस्याहरु, निमोनिय, एलर्जी, माइग्रेन, पाठेघर, महिनावारीको समस्या सम्बन्धी उपचार सेवा थर्मल थेरापी पद्दतिद्वारा निशुल्क उपलब्ध गराउँदै आएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.