www.tandavnews.com
Fact ~ In search of truth

नयनमा गड्ने सुन्दर ‘नैनीताल’

 सुरज हजारे दाहाल

नैनीताल भारतको उत्तराखण्ड राज्यको एक सुन्दर सहर हो । तालको नामबाट नै पूरै सहरको नाम नैनीताल राखिएको हो ।

नैनीको अर्थ आँखा र तालको अर्थ दह हो । सुगौली सन्धी हुनु अगाडिसम्म नैनीताल नेपालको भूभागमा पर्दथ्यो तर सन् १८१४ देखि १८१६ सम्म नेपाल र अंग्रेजबिच भएको युद्धपछि नेपालले पश्चिमको भूभाग गुमाउँदा नैनीताल पनि परेको हो ।

Batas

नैनीताल सहरको स्थापना भने सन् १९४१ मा मात्र भएको थियो । उत्तराखण्डको कुमाउँ स्थित नैनीताल जिल्लामा सबैभन्दा धेरै ताल भएकोले यसलाई अंग्रेजीमा लेक डिस्ट्रिक्टको नामले पनि चिन्ने गर्दथे ।

नैनीतालः नैनीताल सहरको मुख्य आकर्षण नै नैनीताल हो, जसलाई नैनी झिल पनि भनिन्छ । नैनीतालको उचाइ समुद्री सतहबाट १९३८ मिटर रहेको छ । तालको कुल क्षेत्रफल करिब ३ वर्ग माइल रहेको छ ।

तालको लम्बाइ १३५८ मिटर, चौडाइ १३५८ मिटर र अधिकतम गहिराइ १५६ मिटर रहेको छ । तालको आकार नासपति फलको जस्तो रहेको छ । स्कन्द पुराणमा यसलाई त्रिऋषि सरोवर पनि भनिएको छ ।

किंवदन्तीका अनुसार जब तीन ऋषिहरु : अत्री, पुलस्त्य र पुलहलाई तिर्खा लाग्दा कतै पनि पानी नभेट्टाए पछि उनीहरुले खाडल खनेर मानसरोवरबाट पानी ल्याएर भरेका थिए र पछि यहि ठाउँमा ताल बन्न पुगेको थियो ।

नैनीतालमा मानसरोवरको पानी मिसिएको हुनाले नैनीमा डुबुल्की मारेमा मानसरोवर नदीमा पाइने पुण्य बराबर हुने धार्मिक विश्वास रहि आएको छ ।

नैनीतालको पूर्वी किनारमा सडक रहेको छ । तालको उत्तरी किनारलाई मल्लीताल र दक्षिण किनारलाई तल्लीतालको नामले चिनिन्छ । मल्लीताल रहेको ठाउँमा खुला मैदान रहेको छ जहाँ साझको समयमा पर्यटकहरु भेला भएर फोटो खिच्छन् ।

नैनीतालमा हरेक वर्ष लाखौं भारतीय तथा नेपालबाट समेत पर्यटकहरु घुम्न जान्छन् । तालको आसपास बेलुकी सुन्दर दृश्य देखिन्छ ।

आसपासका होटलमा बालिएका तथा पहाडको घरको बिजुलीको प्रतिबिम्ब तालमा देखिन्छ । ति बिजुलीको चहक तालमा हेर्दा यस्तो लाग्छ कि मानौ आसपासको अग्ला घर नै तालमा डुबिरहेको छ । नैनीतालको पूर्वी किनारमा सडक रहेको छ ।

तालको उत्तरी किनारलाई मल्लीताल र दक्षिण किनारलाई तल्लीतालको नामले चिनिन्छ । मल्लीताल रहेको ठाउँमा खुला मैदान रहेको छ जहाँ साझको समयमा पर्यटकहरु भेला भएर फोटो खिच्छन् ।

यस्तै तालको उत्तरी किनारमा बजार रहेको छ । त्यहाँ स्थानीय महिलाहरु चैैत बैशाखको सेरोफेरोमा ऐंसेलु तथा काफल बेचिरहेको देखिन्छन् । ताल मात्र हेर्ने प्रकृति प्रेमी पर्यटक बाहेक नैनी देवीको दर्शन गर्न धार्मिक पर्यटक पनि यहाँ आउँछन् ।

यस्तै तालमा दर्जनौ राजा हाँस पौडिरहेको सुन्दर दृश्य पनि देखिन्छ । पाल हालिएको डुंगामा पर्यटकहरु रमाइरहेका देखिन्छन् । नगरपालिकाले माछा मार्न भने पूर्ण बन्देज लगाएको छ ।

यस तालको वरिपरि अग्ला पर्वतहरु रहेका छन् । सबैभन्दा अग्लो पर्वतको नाम नैना पिक हो जुन उत्तरि दिशामा अविस्थत छ । नैनी पिकको उचाइ २६१५ मिटर रहेको छ । यस्तै पश्चिम दिशामा देवपाठा पर्वत र दक्षिणमा अयार पर्वतहरु रहेका छन् ।

यि पर्वतबाट नैनी तालको सुन्दर दृश्य देखिन्छ । तालको पानी गर्मीमा हरियो र जाडो याममा निलो देखिनु यसको बहुरंगी गुण हो ।

नैनी सहरको इतिहास

नैनी ताल सुरुमा तालको मात्र नाम रहेकोमा पछि तालको आसपास सहर विकास भए पश्चात ताल र सहर दुबैको नाम नैनी रहन पुगेको हो ।

ऐतिहासिक दस्तावेजका अनुसार सन् १८३९ मा पि बर्रोन नाम गरेका एक अंग्रेज व्यापारी नैनीताल हेर्न आएका थिए । शिकार गर्ने क्रममा चिनीको व्यापार गर्ने उनी नैनी तालको सुन्दरताबाट मोहित भएर युरोपियन शैलीमा कोलोनी नै बनाएर बसेका थिए ।

समाचार म्यागेजिन ‘इंग्लिश म्यान कलकत्ता’ का अनुसार यस ताललाई सन् १८४१ म पत्ता लगाइएको उल्लेख गरेको छ ।

अन्य ठाउँ

नैनी तालबाट करिब २ किलोमिटरको दूरीमा नैनी चिडियाखाना रहेको छ । सन् १९८४ मा स्थापना गरिएको चिडियाखानामा बंगाली बाघ, तिब्बती ब्वाँसो, हिमाली भालु, साम्बर जस्ता लोपन्पुख जनावरहरु रहेका छन् ।

सन् २०११ मा भारतमा रहेको एक मात्र साइबेरियन बाघको नैनी चिडियाखानमा मृत्यु भएपछि भारतमा नै उक्त बाघ लोप भएको थियो । चिडियाखाना मंगलबारदेखि आइतबारसम्म खुल्छ भने सोमबार बन्द रहन्छ ।
बसाइ र खर्च

पोखराबाट हरेक दिन दिउँसो १ बजे नेपालको पश्चिमी सिमाको अन्तिम सहर महेन्द्रनगरको लागि बस छुट्छ । दिउँसो १ बजेको बस भोलिपल्ट बिहान ७ बजे महेन्द्रनगर पुग्छ ।

महेन्द्रनगर स्थित नेपाल भारत सिमानाको गड्डा चौकी पार गरेपछि भारतको उत्तरखण्ड राज्य सुरु हुन्छ । रिक्साले गड्डाचौकीबाट टनकपुर कटाएर बस स्टेशनमा सम्म पु¥याउँछ । बसमा १५७ किमीको दूरी करिब ५ घण्टामा पार गरेपछि नैनीताल आइपुग्छ ।

पाँच दिनको यात्राको लागि १२ हजार रुपैयाँ खर्च लाग्छ । फर्किदाँ शुक्लाफाँट निकुञ्जमा सफारी गरेर पोखरा आउन पनि सकिन्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.