www.tandavnews.com
Fact ~ In search of truth

१२ करोडको सह–लगानीमा वेगनासमा लिफ्टबाट खानेपानी

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरपालिका–३१, वेगनासमा लिफ्ट प्रविधिबाट खानेपानी आयोजनाको शिलान्यास गरिएको छ ।

आज (बुधवार) कास्की क्षेत्र नं. १ का प्रतिनिधि सभा सासंद खगराज अधिकारीले जन्मथलो बेगनास पुगेर आयोजनाको शिलान्यास गरेका हुन् ।

Batas

आयोजनाको शिलन्यास गर्दै सासंद अधिकारीले धेरै बर्ष पछि काकाकुल जनताको घाँटी भिजाउन सफल हुने बताए ।

सासंद अधिकारीकै पहलमा एक बर्ष अघि आयोजना तयार भएको थियो । अधिकारीले लिफ्टीङका लागि खर्च हुने विद्युत महशुल सरकारले व्यहोर्नु पर्ने बताए । उनले विद्युत महशुल छुटका लागि खानेपानी तथा सरसफाइ मन्त्रालय र अर्थ मन्त्रालयसँग समन्वयका लागि प्रक्रिया अघि बढि सकेको जानकारी दिए ।

लेखनाथ साना सहरी खानेपानी आयोजना अन्र्तगत सहलगानीमा निर्माण हुने उक्त आयोजनाले करिब ६ सय घरधुरी लाभान्वित हुनेछन् । करिब १२ करोडको लगानीमा बन्ने आयोजनामा सरकारले ९ करोड र स्थानीयको ३ करोड रहने छ ।  आयोजना दुई बर्ष भित्रमा सम्पन्न हुने लक्ष्य रहेको आयोजना अध्यक्ष रुद्र अधिकारीले बताए ।

ताण्डव न्यूज भिडियो रिपार्ट हेर्नुहोस् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.