www.tandavnews.com
Fact ~ In search of truth

आरोग्य आश्रममा ‘वि क्यान डू’

पोखरा ।

समाजिक सञ्जाल फसबुक मार्फत गठन गरिएको ग्रुप ‘वि क्यान डु’ ले पोखरा आरोग्य आश्रम टुटुङ्गामा रहेका वृद्धवद्धाहरुको स्वस्थ्य परिक्षण गरेको छ । नेपाल कुष्ठरोग निवारण संघको सहकार्यमा ग्रुपमा अबद्ध युवाहरुले स्वास्थ्य परिक्षण गराएका हुन् ।

सो अवसरमा त्यहाँ रहेका वृद्धवृद्धाहरुलाई भोजन गराइएको थियो । ग्रपले उक्त परिक्षण र भोजनका लागि सहयोग गर्नेहरुलाई सम्मान समेत गर्यो ।

Batas

विभिन्न जिल्लाबाट आएका सदस्यहरुको उपस्थितीमा आयोजित उक्त कार्यक्रम ग्रुपका जगत ढुंगानाको अध्यक्षतामा भएको थियो । संचालन ग्रुप एड्मीन सुवास पौडेलले गरे ।

कार्यक्रममा बोल्ने वक्ताहरुले ग्रुपले गरेको कार्यहरुको प्रशंसा गर्दै आगामि दिनहरुमा अझ शसक्त रुपमा लाग्न सुझाए । ‘करले होइन रहरले सहयोग गरौँ ‘ नारालाई आत्मासाथ गर्दै गठित उक्त ग्रुपले निकट समयमै क्यान्सर सम्बन्धी परिक्षण गरिने ग्रपकी इन्दु शर्माले बताइन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.