www.tandavnews.com
Fact ~ In search of truth

हेर्नुहोस् यो साताको राशिफल शुभ अंक, शुभ रंग, साईत सहित)

मेष: (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको सुरुवातमात्र सफल रहनेछ । प्रेममा सफलता । बुधबारलागेपछि काममा बाधा अड्चना र स्वास्थ्यमा समस्या आउनेछ । साताको उत्तरार्ध सबै प्रकारले सफल देखिन्छ ।
अंक: रंग:५ र ७ – गुलाबी वा रातो

बृष: (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक काममा समस्या आउनेछ । शत्रुपक्षबाट भय हुनेछ । बुधबार र बिहीबार व्यापार व्यवसाय तथा सरकारी काममा सफलता हुनेछ । शुक्रबार, शनिबार र आइतबार समस्या पर्ने देखिन्छ ।
अंक:रंग: ६ र ८ – कलेजी र निलो

मिथुन: (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शिक्षामा राम्रो । सन्तानको उच्च प्रगतिले आनन्द मिल्नेछ । बुधबार लागेपछि मानसिक कमजोरीको सामना गर्नुपर्छ । शुक्रबारलागेसँगै कुटुम्बको सहयोगले काम बन्नेछ ।
अंक:रंग: ७ र ९ – निलो र हरियो

Batas

कर्कट: (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मित्रद्धारा घात, पारिवारिक कष्ट, दुर्घटनाको डर हुनेछ । बुधबारबाट समय तपाईको पक्षमा आउनेछ । आर्थिक उतारचढावको सामाना गर्नुपर्छ । साताको उतरार्धमा सत्रुपक्षको सामना गर्नुपर्छ ।
अंक:रंग: ८ र १० – सेतो र पहेँलो

सिंह: (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पराक्रम बढ्ने, आट साहसमा बृद्धि हुनेछ । दाजुभाइको साथले काम बन्नेछ । बुधबार र बिहीबार मध्यम रहेपनि साताको उतरार्धमा अति नै राम्रो देखिन्छ ।
अंक:रंग: ९ र १० – रातो र गाँढा पहेँलो

कन्या: (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धनको लाभ, बोलीको प्रभाव बढ्नेछ । सरकारी कामकाजमा सफलता मिल्नेछ । साताको उत्तरार्धमा आफन्तबाट धोका मिल्नुका साथै स्वस्थ्य समस्याको सामना गर्नुपर्छ ।
अंक:रंग: १० र १२ – हरियो र खैरो

तुला: (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शैक्षिक क्षेत्रमा सफलता, मानसम्मान मिल्नेछ । आर्थिक क्षेत्रमा सुधार आउनेछ । अवसरको सदुपयोग गर्न सकिनेछ । यो साता सफल रहनेछ ।
अंक:रंग: ११ र १ – कालो र सेतो

बृश्चिक: (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको पूर्वाधमा खर्चको मात्रा बढेपनि साताको मध्य र उत्तरार्धमा आएका कार्यमा पूर्णरुपमा सफलता मिल्नेछ । व्यापारमा बृद्धि हुनको साथै व्यक्तित्वमा निखारता आउनेछ ।
अंक:रंग: १२ र २ – रातो र निलो

धनु: (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आटेका काममा केही बाधा देखिएपनि काममा पूर्णता आउनेछ । राज्य पक्षका नयाँ काममा सुरुवात हुनेछ । व्यापार तथा राजनैतिक कार्य सफल हुनेछ । साताको बुधबार र बिहीबार सर्तकता अपनाउनुहोला ।
अंक:रंग: १ र ३ – पहेँलो र रातो

मकर: (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बैदेशिक यात्रा सफल रहनेछ । बुधबार र बिहीबार आर्थिक काम कारोबारमा बृद्धि हुनेछ । साताको उत्तरार्ध अनावश्यक खर्चले सताउनेछ ।
अंक:रंग: २ र ४ – कालो र आकाशे निलो

कुम्भ: (गु, गे, गो, सा, सि, सु, से, सो, द)
यो साता व्यापार, परिवार शैक्षिक क्षेत्रमा सफल रहनेछ । विदेश यात्रा भने सफल रहनेछ । प्रेमले सार्थकता पाउनेछ । यो साताको समय तपाईको पक्षमा छ सदुपयोग गर्नुहोला ।
अंक:रंग: ३ र ५ – पहेँलो र गाढा निलो

मीन: (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साताको सोमबार, मंगलबार मध्यम रहनेछ । काममा बाधा अवरोध आउनेछ । बुधबारलागेसँगै सफल रहनेछ । साथीभाई इष्टमित्रबाट साथ सर्पोट पाइनेछ ।
अंक:रंग: ४ र ६ – हरियो, सेतो र रातो

साताको साइत
सोमबार: पश्चिम र दक्षिण
मंगलबार: दक्षिण
बुधबार: उत्तर र पश्चिम
बिहीबार: उत्तर
शुक्रबार: उत्तर र पूर्व
शनिबार: उत्तर
आइतबार: पूर्व र उत्तर

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.