www.tandavnews.com
Fact ~ In search of truth

साताको राशिफल, ०७५ सालमा सक्रान्ति चक्र कुन कुन राशिलाई परेको छ हेर्नुहोस्

मेष: (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
राज्यपक्षका काममा सफलता मिल्नेछ । यात्राको अवसर आउनेछ । साताको उत्तरार्ध शनिबार र आइतबार खर्चको मात्रा बढ्नेछ ।
अंक/रंग: ९ र १० – रातो र कालो

बृष: (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
यो साता समग्रमा सफल छ । नयाँ कामको थालनी हुनेछ । विपरित लिंगीको साथ र यात्राको अवसर मिल्नेछ । पारिवारिक मेलको अवसर आउनेछ ।
अंक/रंग: १० र ११–निलो र हरियो

मिथुन: (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साताको पूर्वाधमा उतारचढाव आउने भएपनि बुधबार लागेसँगै समय तपाईको पक्षमा हुनेछ । शनिबार र आइतबारका दिनमा रोजगारीका नयाँ अवसरहरु आउनेछन् ।
अंक/रंग: ३ र १ – रातो र प्याजी कलेजी

Batas

कर्कट: (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विपरित लिंगीको साथ मिल्नेछ । यात्रा सफल, स्वास्थ्यमा सुधार आउनेछ । बुधबार र बिहीबार मध्यम देखिएपनि शनिबार र आइतबार सफल देखिन्छ ।
अंक/रंग: १ र २ – हरियो र कालो

सिंह: (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शत्रुपक्षसँग सर्तकता अपनाउनुहोला । स्वास्थ्यमा गढबढी पारिवारिक चिन्ता बढ्नेछ । बुधबारलागेसँगै समस्याबाट छुट्कारा मिल्नेछ ।
अंक/रंग: ७ र ९ – पहेँलो र निलो

कन्या: (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समस्या देखिएपनि विस्तारै सुधार हुनेछन् । बुधबार र बिहीबार तपाई सफल देखिएतापनि शनिबार र आइतबार अनावश्यक समस्याको सामना गर्नुपर्नेछ ।
अंक/रंग: ९ र १ – हरियो र खैरो

तुला: (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
साता उतारचढाव देखिन्छ । केही कार्य सफल भएपनि मानसिक अशान्ती रही रहनेछ । बुधबार, बिहीबार गरेका काममा आर्थिक सफलता मिल्नेछ ।
अंक/रंग: ३ र ४ – सेतो र पहेँलो

बृश्चिक: (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको पूर्वाधमा गरेका कामको सफलता मिल्नेछ । पारिवारिक समस्याको सामना गर्नुपर्नेछ । स्वास्थ्य समेत प्रतिकुल रहनेछ । शुक्रबार र शनिबार गरेका काममा प्रतिकुलता आउनेछ ।
अंक/रंग: ४ र ५ – रातो र निलो

धनु: (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आर्थिक कारोबारमा सफल । मानसिक शान्ति मिल्नेछ । पारिवारिक जीवनमा सन्तुष्टीको आभास आउनेछ । शनिबार र आइतबार आर्थिक कारोबारमा सर्तकता अपनाउनुहोला ।
अंक/रंग: ५ र ७ – पहेँलो र हरियो

मकर: (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नविन कार्यको सुरुआत हुनेछ । पेसा, व्यवसायमा उच्च लाभ देखिन्छ । कुटुम्बको सहयोग र साथ मिल्नेछ । मान सम्मानको अवसर समेत मिल्नेछ ।
अंक/रंग: २ र ७ – कालो र हरियो

कुम्भ: (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साताको पुर्वाधमा खर्च बढेपनि बुधबार लागेसँगै आर्थिक कारोबारमा लाभ देखिन्छ । साताको उतरार्धमा आएका अवसरलाई उच्च सदुपयोग गर्नुहोला ।
अंक/रंग: ७ र ८ – सेतो र कालो

मीन: (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साताको सुरुआत सफल रहनेछ । बुधबार, बिहीबार त्यति राम्रो देखिदैन् । पारिवारिक केही समस्या देखिएपनि शनिबार लागेपछि तपाई समस्या समाधान हुनेछन् ।
अंक/रंग: ८ र ९ ¬– पहेँलो र निलो

साताको साइत:
सोमबार: मध्यम यात्रा, मृत्यु योग
मंगलबार: दक्षिण र पूर्व
बुधबार: दक्षिण र पूर्व
बिहीबार: दक्षिण
शुक्रबार: मध्यम
शनिबार: उत्तर र पश्चिम
आइतबार: मध्यम

सक्रान्ती चक्र:
२०७५ सालको संक्रान्ती चक्र दे, दो, चा, ची, चु, चे, चो, ला, लि, लु, ले, लो बाट राशी नाम आउने व्यक्तिलाई परेको हुनाले गंगास्नान गर्नुपर्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.