www.tandavnews.com
Fact ~ In search of truth

शिक्षा राज्यको प्राथमिकतामा पर्नुपर्ने

पोखरा ।

शिक्षा क्षेत्रमा राज्यको कूल बजेटको २० प्रतिशत रकम विनियोजन हुनुपर्ने माग गरिए पनि नेपालमा १० प्रतिशत मात्र बजेट छुट्याइएकोमा वक्ताहरूले चिन्ता व्यक्त गरेका छन् ।

क्षेत्रीय शिक्षा निर्देशनालयद्वारा आज यहाँ आयोजित शैक्षिक सुधार, सुशासन, विकास र समसामयिक चासो विषयमा सञ्चार क्षेत्रसँगको सहकार्य सम्बन्धी अन्तक्र्रिया कार्यक्रमका वक्ताहरुले शिक्षा राज्यको प्राथमिकतामा हुनुपर्ने बताए ।

Batas

कार्यक्रममा क्षेत्रीय शिक्षा निर्देशक डा भोजराज शर्मा काफ्लेले प्रत्येक राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्रमा २० प्रतिशत बजेट छुट्याउने उल्लेख भए पनि त्यो व्यवहारिक रुपमा कार्यान्वयनमा आउन सकेको छैन भने । सङ्घीय संरचनाअनुसार शैक्षिक क्षेत्र स्थानीय तहको मातहतमा लैजाने भनिए पनि त्यसको राम्रो व्यवस्थापन भइनसक्दा अझै पनि समस्या रहेको उनको भनाई छ ।

निर्देशनालयका उपनिर्देशक तिलक सिलवालले सङ्घीय संरचना अन्तर्गतको शैक्षिक व्यवस्थापन गर्न जिल्ला शिक्षा अधिकारी, वरिष्ठ प्रशिक्षक, राष्ट्रिय परीक्षा बोर्ड प्रमुखसँग अन्तक्र्रिया गरी आवश्यक सुझाव मन्त्रालयमा पेश गरिएको जानकारी दिए ।

उपनिर्देशक युवराज बगााले, गुरुप्रसाद पौडेललगायतले शिक्षा क्षेत्रमा कर्मचारी व्यवस्थापनमा संरचनागत र क्षेत्रीय शिक्षा निर्देशनालयको कार्यालय व्यवस्थापनमा असहजता, सबै जिल्लामा अभिलेख संस्थागत हुन नसक्नुजस्ता समस्या विषयमा आ–आफ्ना धारणा राखे । -रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.