www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा बढ्दो महिला हिंसा : ०७५/०७६ मा ४ सय ४८ उजुरी

बिनिता सुनार
पोखरा, ताण्डव न्यूज ।

पछिल्लो समय कास्कीमा महिलाप्रति हुने घरेलु हिंसा बढ्दो छ । जिल्ला प्रहरी कार्यालयको पछिल्लो तीन बर्षको तथ्याङ हेर्दा घरेलु हिंसामा वृद्धि भएको देखिन्छ ।

बिगतका तुलनामा घरेलु हिंसाको उजुरीमा पत्येक बर्ष करिब १ सयका दरले वृद्धि भएको पाइन्छ । जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको तथ्यांक अनुसार आर्थिक बर्ष ०७३/०७४ मा २ सय ६२ घरेलु हिंसा सम्बन्धी उजुरी परेको थियो । ०७४/०७५ मा ३ सय ८४ र ०७५/०७६ को तथ्यांकमा झनै बृद्धि भई ४ सय ४८ उजुरी परेको छ ।

Batas

पोखरा घर भएकी एक महिलाले ९ महिना पहिला न्याय र सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिइन् । श्रीमानबाट विभिन्न यातना सहदै आएकी ती महिलालाई आगामी दिनमा यस्ता गल्ती नदोहो¥याउने सर्तमा सहमति गरी मिलापत्र गरियो ।

यस्तै केही महिना पहिला श्रीमानबाट शारीरिक र मानसिक यातना पाएको भन्दै बगर बस्ने एक महिलाले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिइन् । श्रीमान र श्रीमती दुवै पक्षलाई छलफल गराई आगामी दिनमा गल्ती नदोहो¥याउने सर्तमा उनीहरुको मिलापत्र भयो ।

पछिल्लो त्रिबर्षीय तथ्यांकका अनुसार करिब ९० प्रतिशत उजुरी मिलापत्र गरी छोडिएको छ । त्यसलाई हेर्दा मिलापत्र गरी छाडिएकै कारण महिला हिंसा भनmै बढ्दै गएको अनुमान गर्न सकिन्छ । त्यसै तथ्यांकका अनुसार करिब २५ प्रतिशत देवानी मुद्दा अन्तरर्गत पर्ने हुनाले अदालत गएको पनि देखिएको छ ।

सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले महिला हिंसा न्यूनिकरणको निम्ति बिशेषगरी नगरपालिका र गाउँपालिकामा नै पहल गर्नुपर्ने बताउँछिन् । ‘हामीले महिला हिंसा बिरुद्ध १६ दिने अभियानका लागि मात्र बजेट छुट्टाएका छौ,’ मन्त्री पुनले भनिन, ‘हामीले छुट्टाएको बजेट गाउँ पालिका र नगरपालिकामा नै समन्वयन गर्ने हो । त्यसकारण स्थानीय सरकार समक्ष पहल गर्दा महिला हिंसा न्यूनिरणका लागि सहयोग मिल्नेछ ।’

आर्थिक रुपमा सशक्तिकरण नहुने भएकाले महिला हिंसा बढेको मन्त्री पुनको भनाइ छ । त्यसकारण महिला हिंसा न्यूनिकरण गर्ने हरेक महिलाहरुलाई विभिन्न तालिमहरुमा सहभागी गराउन जरुरी रहेको छ । एकल महिलाको हकमा मन्त्रालयबाट विभिन्न तालिमहरु उपलब्ध गराउँदै आएको मन्त्री पुनले बताइन् । ‘गण्डकी प्रदेशले आर्थिक बर्ष २०७५/७६ मा २१ सय जनालाई उपलब्धीमुलक तालिमहरु दियो,’ उनले भनिन्, ‘अबका दिनहरुमा गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिहरु सँग छलफल गरेर प्रतिफल आउने गरी तालिमको व्यवस्था गर्ने योजना बनाएका छौ ।’

पछिल्लो आर्थिक बर्षको तथ्यांकलाई हेर्दा मानव अधिकार उल्लेघनका घटनाहरु बढिरहेका इन्सेकका संयोजक शिव खकुरेल बताउँछन् । संयोजक खकुरेले इन्सेकबाट गरिएको अनुगमनका अनुसार मानव अधिकार उल्लङघन र ज्याजतिका घटनाहरुमा महिला अधिकार उल्लङ्घन गरेका घटनाहरु केही बर्षहरुदेखि बढेर आएको देखिएको छ ।

‘विभिन्न संघसस्था साथै राज्यपक्षबाट हिंसाका घटनालाई न्यूनिकरण गर्नका लागि आवाज उठाइरहँदा झनै बढ्दै गएको छ । त्यसमा पनि बालबालिका तथा महिलाहरुको जमात बढ्दो देखिन्छ । राज्यपक्षबाटै उजुरीलाई झनझटिलो बनाएको कारण हिंसा बढ्दै गएको कतिपय ठाउँहरुमा देखिएको छ,’ उनले भने ।

यस्तै गैह्र सरकारीसंस्था महासंघ गण्डकी प्रदेशको अध्यक्ष बिना सिलवालले पछिल्लो समय सामाजिक सञ्जालमा भएको नकारात्मक प्रयोगले बालबालिका तथा महिला हिंसाका घटनाहरु बढिरहेको बताउँछिन् । गण्डकी प्रदेशमा हिंसामा परेका महिला तथा बाल–बालिकाहरुको सुरक्षाको लागि कोपिला नेपाल, थ्री ऐन्जल, शक्ति समूह लगायत संस्थाहरुले काम गदै आएको उनले बताइन् ।

नेपालमा महिल हिंसा सम्बन्धमा विभिन्न कानुनहरु बनेका छन् । महिला हिंसा न्यूनिकरण गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा छलफल भएपनि महिला विरुद्ध हुने हिंसाहरु दिन प्रतिदिन बढ्दै गएको छ । संविधान कार्यान्वयनको क्रममा महिलामैत्री कानुन निर्माण र महिला विरुद्ध हिंसा, यौन हिंसा, र बलात्कारजन्य अपराध तथा फौजदार अपराधको न्यूनीकरण र अन्यका लागि विभिन्न कानुनहरु निर्माण भएका छन् ।

जसमध्ये महिलामैत्री कानुन निर्माणको बिषयलाई विश्लेषण गर्दा गणतन्त्र कार्यान्वयनको क्रममा महिला मैत्री संशोधनहरुमा मानव बेचबिखन तथा ओसार–पोसार (नियन्त्रण) ऐन, २०६४, घरेलु हिंसा (कसुर तथा सजाय) ऐन, २०६६, कार्यशालमा हुने यौनजन्य दुव्र्यहार (निवारण) ऐन, २०७२, बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ कानुनी व्यवस्थाहरु बनेका छन् ।

बालबालिका बिरुद्ध घटेका अपराध

महिला हिंसा बृद्धिसँगै बिगतका तुलनामा महिला तथा बालबालिकासँग सम्बन्धित विभिन्न अपराधहरु पनि बृद्धि भएको छ ।

आर्थिक बर्ष २०७३ देखि ०७६ सम्म को त्रिबर्षीय तथ्यांक अनुसार जबरजस्ती करणीमा प्रत्येक बर्ष १६, २२, ५४, जबरजस्ती करणी उद्योगमा ४, ११, १७, बहु–बिवाहमा १४, २२, ३१, मानब बेचबिखनमा ३, ४, ४, बालबिवाहमा ०, १, २, बाल यौन दुरचारमा १, २, ११ र कर्तव्य ज्यान अन्र्तगत ५, ५, ९ रहेको छ । सबैभन्दा बढी ०७५/०७६ सालमा महिला तथा बालबालिकाहरु माथि हुने अपराध बढेको देखिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.