www.tandavnews.com
Fact ~ In search of truth

पहिलो वर्डक्याम्प पोखरा २०१८ आगामी मंसिरमा हुने

पोखरा ।

वर्डप्रेस सम्बन्धि सेमिनार कार्यक्रम ‘वर्डक्याम्प पोखरा’ पहिलोपटक हुने भएको छ ।

वर्डप्रेस पोखराको आयोजनामा आगामी मंसिर ८ गते शनिबार (नोभेम्बर २४) मा पोखराको बिरौटा स्थित होटल पोखरा ग्रान्डमाहुने भएको हो ।

Batas

वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तराष्ट्रिय कार्यक्रम हो । नेपालमा भने सन् २०१२ देखि नेपालका वर्डप्रेस प्रयोगकर्ता तथा सफ्टवेयर विकासकर्ताहरुको समूह वर्डप्रेस नेपालद्वारा वर्डक्याम्प पहिलोपटक आयोजना भई हरेक वर्ष आयोजना हुँदै आएको छ भने राजधानी बाहिर पहिलोपटक वर्डप्रेस पोखराले पर्यटकिय शहर पोखरामा कार्यक्रम गर्न लागेको हो ।

इन्टरनेटको दुनियामा विश्वमा निर्माण हुने वेवसाइटहरुको ३० प्रतिशत भन्दा बढी वेबसाईटहरु वर्डप्रेस प्रयोग गरी बनाइनेएक सर्वेक्षणमा उल्लेख छ । त्यस्तै विश्वमा प्रयोग गरिने कन्टेन्ट म्यानेजमेन्ट सिस्टमहरुको ६० प्रतिशत भन्दा बढी हिस्सा वर्डप्रेसले ओगटेको छ ।

वर्डप्रेस सामान्य र व्यक्तिगत ब्लग लेख्न देखि, ठुला ठुला समाचारमूलक वेवसाइट, इकमर्श वेवसाइट, कम्पनीका वेबसाइट, सरकारी तथा गैर सरकारी संघ संस्थाका वेबसाइट आदि बनाउन प्रख्यात छ ।  नेपालमा वर्डप्रेसमा मात्र काम गर्ने आइ टि कम्पनिहरु सयौंको संख्यामा रहेको र सयौंको संख्यामा फ्रिल्यान्सरहरु रहेका छन् ।

नेपालका वर्डप्रेस विकासकर्ताहरुले बनाएका वर्डप्रेस सम्बन्धि विभिन्न उत्पादनहरुलेविश्व बजारमा राम्रो स्थान ओगट्न सफल रहेको छ ।

यो कार्यक्रममा वर्डप्रेसमा व्यवसायिक काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति र कम्पनि, सूचना प्रबिधिमा भविष्य निर्माण गर्न खोजेका विद्ध्यार्थी तथा वर्डप्रेससँग काम गरि ख्यातिप्राप्त व्यक्तिहरुसँग
प्रत्यक्ष भेटघाट गरि लाभ लिन सकिने बताइएको छ ।

कार्यक्रममा ४०० जना भन्दा बढीकोसहभागिता रहने अनुमान गरिएको छ । हाल १ सय जना भन्दा बढीले नाम दर्ता गराइसकेका छन् । वर्डप्रेस पोखराका अनुसार कार्यक्रममा सहभागि हुन चाहने पहिलो
२०० टिकट विशेष छुटमा प्रतिव्यक्ति १ हजारको दरले उपलब्ध गराउने छ र बाँकी टिकटको लागि प्रतिव्यक्ति १ हजार ५ सय लाग्ने जनाइएको छ ।

 वर्डप्रेस समुदायमा आधारित भएको हुनाले विश्वका विभिन्न देशका वर्डप्रेस प्रयोगकर्ताहरुको समेत उल्लेख्य सहभागिता रहने आयोजकको दावी छ ।  वर्डप्रेस निशुल्क रुपमा पाइने बहुचर्चित ओपन सोर्स सफ्टवेयर भएको र यसलाई सजिलैसँग सिक्न सकिने भएकोले यसको प्रयोग वर्तमान समयमा दिन दुई गुणा रात चौगुणाको दरले वृद्धि भइरहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.