www.tandavnews.com
Fact ~ In search of truth

पोखरा : विश्व दम दिवसको अवसरमा ‘सामाजिक सचेतना र्याली’ (फोटो फिचर सहित)

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

विश्व दम दिवसको अवसरमा पोखरामा सामाजिक सचेतना र्याली निकालिएको छ । ऊँ हस्पिटल डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टर प्रालिको आयोजनामा चिप्लेढुङ्गाबाट सुरु भएको र्याली महेन्द्रपुल, हस्पीटल चोकहुँदै पश्मिाञ्चल क्षेत्रीय अस्पताल प्राङ्गणमा सम्पन्न भएको हो ।

र्याली पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश समाजिक विकास मन्त्री नरदेवी पुनले अभियान सुरु गरिएकोमा धन्यवाद दिइन् । ‘डा. सिपि आचार्यले सुरु गर्नुभएको यस कार्य स्वागत योग्य छ । यसलाई अझै विस्तारित रुपमा लैजानकालागि हामी सबै लागि पर्नुपर्छ’उनले भनिन् । मन्त्री पुनले दम रोग लागेका ब्यक्तिहरुलाई सहज उपचारको वातावारण मिलाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताइन् ।

Batas

चिकित्सकहरुले उपचार गर्ने र औषधी दिने मात्रै नभएर रोग लाग्नै नदिने गरि कार्यक्रमहरु आयोजना गर्नुपर्ने उनको सुझाव थियो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले सचेतना कार्यक्रम अत्यन्तै प्रभावकारी रहने जिकिर गरे । यस्ता कार्यक्रमले रोग लाग्न नदिन जनमानसमा महत्वपुर्ण भुमिका खेल्ने बताए ।

कार्यक्रमका आयोजक एवं बरिष्ठ छाती रोग विशेषज्ञ डा. सिपी आचार्यले यो सुरुवात मात्रै भएको उल्लेख गर्दै आगामी दिनमा विविध कार्यक्रम गरिने जानकारी दिए ।

कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायत चिकित्सा क्षेत्रसँग सम्बन्धीत ब्यक्तिहरुको उपस्थिती रहेको थियो । ऊँ हस्पिटलका निर्देशक तुल बहादुर रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सबै तस्विर : माधव भुसाल/ताण्डव न्यूज 

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.