www.tandavnews.com
Fact ~ In search of truth

विश्वकप फुटबल : आज रुस Vs साउदी अरेबिया, ८० हजार दर्शकमाझ मस्कोमा उद्घाटन हुने

पोखरा ।

विश्वकप फुटबल प्रतियोगिताको २१औं संस्करण सुरु हुन केही घण्टा बाँकी छ ।

नेपाली समयअनुसार आज वेलुकी सवा ८ बजे रुसी राजधानी मस्कोस्थित लुजिन्स्की रंगशालामा भव्य उद्घाटन समारोह आयोजना गरिएको छ ।

Batas

आधा घण्टासम्म चल्ने उद्घाटन समारोहमा विश्व फुटबलका हस्तीहरू डिएगो म्यारोडाना, जिको लगायतको उपस्थिति रहनेछ ।

उक्त समारोहलाई रुसी राष्ट्रपचि भ्लादिमिर पुटिन, अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका अध्यक्ष जियानी ईन्फान्टीनो लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

उद्घाटन समारोहमा गायक रोबी विलियम्स, सोप्रानोलगायतले प्रस्तुती दिनेछन् । ५ सयभन्दा बढी डान्सर र जिमन्यास्टहरूले आफ्नो कला देखाउनेछन् ।

उद्घाटन समारोहमा ३२ वटै टिमका खेलाडी उपस्थित हुने बताइएको छ ।

उद्घाटन समारोहमा लुजिन्स्की रंगशालामा ८० हजार दर्शक उपस्थित हुने आयोजको दाबी छ । रंगाशालाको दर्शक क्षमता ८१ हजारको रहेको छ । यही रंगशालामा जुलाई १५ तारिखमा विश्वपको फाइनल खेल हुनेछ ।

आजको खेल

उद्घाटन खेलमा आज आयोजक रुसले साउदी अरेबियासँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार आज वेलुकी पौने ९ वजे मस्कोस्थित लजिन्स्की रंगशालामा हुनेछ ।

रुसले पछिल्ला ७ खेलमा जित निकाल्न सकेको छैन । उसले अन्तिम पटक गत अक्टोबरमा दक्षिण कोरियालाई हराएको थियो ।

यस्तै साउदी अरेबिया पनि पछिल्ला ३ खेलमा लगातार पराजित भएको थियो । साउदीलाई पछिल्ला ३ मैत्रीपूर्ण खेलमा इटाली, पेरु र विश्वकपको साविक विजेता जर्मनीले पराजित गरेका थिए ।

रुसले एसियासी भूमिमा भएको २००२ को विश्वकप पछि खेलेका विश्वकपका सवै खेल गुमाएको छ ।

साउदीले सन् १९९४ मा अमेरिकालाई हराए यता विश्वकपमा जित हात पार्न सकेको छैन । रुस र साउदी अरेबिया विश्वकपमा पहिलो पटक भिड्न लागेका हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.