www.tandavnews.com
Fact ~ In search of truth

विश्वकप फुटबलमा आज तीन खेल, तपाई कस्को समर्थनमा ?

पोखरा ।

विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् ।

समुह ई को पहिलो खेलमा सर्वियाले कोष्टा रिकाको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार बेलका पौने ६ बजे सामरा शहरको सामरा एरिनामा हुनेछ ।

Batas

आज हुने दोस्रो खेलमा जर्मनीले मेक्सिकोको सामना गर्नेछ । चार पटकको विश्व विजेता जर्मनी र लेटिन अमेरिकी मुलुक मेक्सिकोबीचको खेल मस्कोको लुझ्निकी रंगशालामा वेलुकी पौने ९ बजे सुरु हुनेछ ।

आजै राति पौने १२ बजे रोस्तोभ एरिनामा ब्राजिल र स्विट्जरल्याण्ड भिड्नेछन् ।

पाँच पटक विश्वकपको उपाधि उचाल्दै विश्वकप फुटबलको सर्वाधिक सफल टोली बनेको ब्राजिललाई यसपटक पनि मुख्य दावेदार मानिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.