www.tandavnews.com
Fact ~ In search of truth

विश्वकप क्वार्टरफाइनल : आज फ्रान्स Vs उरुग्वे र ब्राजिल Vs बेल्जियम

काठमाडौं ।

रुसमा जारी विश्वकप फुटबलका क्वार्टरफाइनल खेलहरु आजबाट सुरु हुँदैछन् ।

क्वार्टरफाइनलको पहिलो खेलमा आज बेलुकी पौने ८ बजे फ्रान्स र उरुग्वे भिड्ने छन् । राउण्ड अफ सिक्सटिनमा अर्जेन्टिनालाई हराउँदै फ्रान्स तथा पोर्चुगललाई हराउँदै उरुग्वे क्वार्टरफाइनलमा पुगेका हुन् ।

Batas

समूह चरणका सबै तीन खेल जितेको उरुग्वेले प्रतियोगिताको चार खेलमा एकमात्रै गोल खाएको छ । लुईस सुवारेज, एडिन्सन काभानीजस्ता विश्वस्तरीय खेलाडीहरु रहेको उरुग्वे तेस्रो पटक विश्वकपको उपाधि जित्ने अभियानमा छ ।

उता, फ्रान्स पनि सन् १९९८ मा विश्वकप जित्दाको ईतिहास दोहो¥याउन चाहन्छ । किलियन एम्बाप्पे, एन्टोनियो ग्रेजम्यान, पउल पोग्बा जस्ता खेलाडीहरुले फ्रान्सलाई यसपटक उपाधि दावेदार टोली बनाएका छन् ।

आजै राति पौने १२ बजे हुने दोस्रो क्वार्टरफाईनल खेलमा ब्राजिल र बेल्जियम भिड्नेछन् । राउण्ड अफ सिक्सटिनमा मेक्सिकोलाई हराउँदै ब्राजिल तथा जापानलाई हराउँदै बेल्जियम क्वार्टरफाइनलमा पुगेका हुन् ।

समूह चरणको पहिलो खेलमा स्विट्जरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको ब्राजिलले त्यसपछि भने कोष्टा रिका र सर्वियालाई हराएको थियो । उता बेल्जियमले समूहका तीनवटा खेलमा ट्युनिसिया, पानामा र इंग्ल्याण्डलाई हराएको थियो ।

ब्राजिल र बेल्जियमबिचको यो भिडन्तलाई संभावित दावेदारहरुको भिडन्तको रुपमा हेरिएको छ । विश्वकप फुटबलका बाँकी दुई क्वार्टरफाईनल खेलहरु भोलि हुनेछन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.