www.tandavnews.com
Fact ~ In search of truth

महानगर र वल्र्डलिंकबिच पाेखराका दस स्थानमा ‘फ्री वाइफाइ’को सम्झौता

पोखरा
ताण्डव न्यूज ।

पोखरा विभिन्न दस स्थानमा निशुल्क वाइफाइ सेवा सुचारु हुने भएको छ । यसका लागि आज (सोमबार) महानगर र वल्र्डलिंकबिच सम्झौतामा हस्ताक्षर भयो ।

सम्झौता अनुसार विन्ध्यवासीनी मन्दिर परिसर, महेन्द्रपुल, वडा नं ५ स्थित चिल्ड्रेन पार्क, वडा नं ६ बाराही घाट, मणिपाल अस्पताल, वडा नं १६ स्थित कोमागाने अस्पताल परिसर, डेविजफल, सिसुवा अस्पताल परिसर, वेगनास ताल परिसर र वडा नं ३१ स्थित लायन्स क्लब सामुदायिक अस्पताल परिसरमा वल्र्डलिंकले फ्रि वाइफाइ सेवा प्रदान गर्नेछ ।

Batas

सम्झौता पत्रमा वाइफाइ जडानका लागि आवश्यक पर्ने विघुत व्यवस्थापन महानगरले गर्ने, सम्पूर्ण प्राविधिक जिम्मेवारी वल्र्डलिक प्रालिको हुने  र सेवा अवरुद्ध हुन गएमा महानगरपालिकाले कुनै पनि समय सम्झौता रद्ध गर्न सक्ने उल्लेख छ ।

आजै वल्र्डलिक कम्युनिकेसन प्रालिले पोखरा महेन्द्रपुल स्थित मोबाइल टावरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

महानगरका मेयर मानबहादुर जि.सीले शाखा उद्घाटन गरे । मेयर जि.सीले प्रविधिमा मानिसहरुको लगाव बढेको देखिएपनि यसको प्रयोगकालागि हुनुपर्ने ज्ञान अझै नभएको उल्लेख गरे ।

वल्र्डलिंक प्रालिका सीइओ केशव नेपालले ग्राहकमा मात्रै नभएर समाज केन्द्रित भई फ्रि वाइफाइको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.