www.tandavnews.com
Fact ~ In search of truth

फागनु १८ गते पोखरामा ‘रेस्लर संग्राम’

पोखरा

ताण्डव संवाददाता ।

सुन्दर नगरी पोखरामा अन्तर्राष्ट्रिय स्तरको रेस्लिङ्ग प्रतियोगिता आयोजना गरिएको छ ।

Batas

यही फागुन १८ गते होलीको अवसर पारेर पोखरा रंगशालामा विभिन्न देशका उत्कृष्ट रेस्लरहरु सहित ‘आरडब्लू संग्राम’ नामक रेस्लिङ्ग हुन लागेको हो ।

नेपाल रिङ रेस्लिङ्ग संघको आयोजनामा डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डवल एसप्रालिको व्यवस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजकत्वमा प्रतियोगिता हुने भएको हो ।

डिसहोम एक्सन स्पार्टस टिभीले प्रत्यक्ष प्रसारण गर्ने रेस्लिङमा अन्तर्राष्ट्रिय स्तरको रेस्लिङको मज्जा लिन सकिने रेस्लिङ संघ अध्यक्ष सुनिता थापाले बताइन् ।

संग्राममा चार देशका खेलाडीहरुको सहभागीता रहनेछ । थापाका अनुसार नेपालको तर्फबाट नुवाकोटे टाईगर, ठाकु, डेभिड, साइन, ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याङले प्रतिस्पर्धा गर्नेछन् भने अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी, एक्स, ज्याक्स र नील रिङमा भिड्नेछन् ।

प्रतियोगिताको आकर्षणका रुपमा महिला रेस्लरहरु रहेको थापाले जानकार दिइन् । ‘रसियाकी मेफिस्तोका साथमा नेपाली महिला रेस्लर दिलासाले सहभागीता जनाउने छिन्,’ उनले भनिन, ‘प्रतियोगिताको कमेन्टेटरमा नेपालका प्रशिद्ध ¥यापर बुलेटफ्लो थापकाजी र मिस्टर प्रिन्सको जोडी रहनेछ ।’

अन्तर्राष्ट्रिय स्तरको रिंग रेस्लिङ च्याम्पियनसिप काठमाडौं र इटहरीमा सम्पन्न भइसकेको छ । संघले पहिलो पटक आफै आयोजना गरी पोखरामा रेस्लिङ प्रतियोगिता गर्न लागेको हो ।

‘रेस्लिङ प्रतियोगिता सानो बजेटले हुँदैन् । सोचेभन्दा ठूलो बजेट लाग्छ,’ उनले भनिन, ‘टिम ठूलो र रेस्लरको मेन्टनको लागि आवश्यक खर्च हुने गर्छ ।’ रेस्लिङ हेर्नको लागि ३ सय, ५ सय र एक हजारका टिकट काट्नुपर्ने हुन्छ ।

पाँच हजार भन्दा बढी दर्शक अपेक्षा गरिएको प्रतियोगिता साँभ ६ बजेदेखि राती ८ बजेसम्म चल्ने थापाले जानकारी दिइन् ।

संघका महासचिव सुवर्ण श्रेष्ठका अनुसार संघका आवद्ध २५ जना रेस्लरले अहिले टे«निङ लिएका छन् ।

खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण दिनको लागि अमेरिकन प्रशिक्षक जिजस मालकीबाट तालिम दिने व्यवस्था मिलाइएको उनले प्रस्टाइन् । दुई वर्षअघि स्थापना भएको संघले एकेडेमी समेत सञ्चालन गरिसकेको उनले बताइन् ।

क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले स्पोर्टसको इन्भारमेन्ट भएको पोखरामा दर्शकले रेस्लिङको मज्जा लिन पाउने बताए ।

उनले पोखरामा हुने रेस्लिङ प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरको हुने बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.