www.tandavnews.com
Fact ~ In search of truth

गरेको काम भन्न नसक्नु कांग्रेसको कमजोरी : पूर्व मन्त्री थापा

पोखरा ।

नेपाली कांग्रेस कास्कीका पूर्व सभापति यज्ञबहादुर थापाले नेपाली कांग्रेसले गरेको काम जनतालाई भन्न नसक्नु पार्टीको कमजोरी भएको स्वीकारेका छन् । नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको छैटौं जिल्ला अधिवेशन उद्घाटन गर्दै पूर्व कानुन मन्त्री थापाले कांग्रेसका हार उच्च डोज भएकोमा चिन्ता व्यक्त गरे ।

जिल्ला अधिवेशनमा सम्बोधन गर्दै नेता थापाले हारको मानसिकता त्याग गर्दै संगठन निर्माणमा लाग्न जोड दिए । चुनाव हार्दा कांग्रेसले धेरै घाटा व्यहोर्नुपरेको भन्दै आगामी निर्वाचनमा जनताले कांग्रेसलाई नै जिताउने दाबी गरे ।

Batas

नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवरले निर्वाचनमा उठ्ने अनि निर्वाचन सकिए लगत्तै सुत्ने पद्धतिले कांग्रेस पछाडि परेको औल्याए । पार्टी नेतृत्वको आलोचना गर्दै नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्षसमेत रहेका कुँवरले एमाले–माओवादीमा मजदुर संगठन नजम्मदै कांग्रेसले गरेको योगदानको आधारमा सामाजिक सुरक्षा कोष मार्फत नेपाली मजदुरलाई उपहार स्वरुप दिएको ऐन र कानुनको रक्षा गर्नु पहिलो कर्तव्य हुनेमा जोड दिए ।

अधिवेशनमा नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले प्रजातान्त्रिक शक्तिको संरक्षण गर्न पार्टी लाग्ने न्दै बलियो संगठन भएमात्र वर्तमान गठबन्धनको सरकारले श्रम क्षेत्रमा गरेको आक्रमण रोक्न सक्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका नेता खेमराज पौडेलले प्रजातन्त्रको संरक्षणमा पार्टीलाइ बलियो बनाउनपनि नेपाल ट्रेड युनियन कांग्रेसलाई चुस्त दुरुस्त राख्न अनुरोध गरे । अधिवेशन उद्घाटन सत्रमा नेपाली कांग्रेस कास्कीका निर्वाचित प्रदेश सांसद विन्दुकुमार थापाले पार्टीले उठाउने मुद्धा नै देश र जनताको हित हुने भन्दै कांग्रेसले उठाएको मुद्धा बलियो भएको बताए ।

प्रदेशमा बन्ने कानुनमा मजदुरको पक्षमा आफ्नो अडान कहिल्यै कमजोर नहुने विश्वास दिलाए । ६ हजार १ सय ६९ जना सदस्य रहेको नेपाल ट्रेड युनियन कांग्रेस कास्कीमा २ सय ६२ जना प्रतिनिधि रहेका छन् ।

अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयनको कसरत गरिरहेको जिल्ला अध्यक्ष कुलदेवी बरालले जानकारी दिइन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.