www.tandavnews.com
Fact ~ In search of truth

विश्वकर्मा अटो वक्सको कालोबजारी स–प्रमाण

पोखरा
ताण्डव न्यूज । 

पोखरा लेखनाथ–९ नयाँबजारमा रहेको यामाहा कम्पनीको सो रुममा संचालन भएको विश्वकर्मा अटो वक्सलाई कालो बजारी गरेको आरोप लागेको छ ।

ग्राहकले सवारीको पाट्स खरिद गर्दा एमआरपी मूल्य भन्दा अत्यधिक मूल्य लिने गरेको भन्दै जिल्ला अनुगमन समितिलाई पत्रचार गरिएको थियो ।

Batas

सोहि अनुसार अनुगमन टोली पुग्दा तोकिएको मूल्य भन्दा धेरै मूल्यमा सामान बेचेको पाइयो । स–प्रमाण बिलसहित सामान जिल्ला प्रहरी कार्यालय कास्कीमा शुक्रबार बुझाइएको छ ।

ग्राहकले एउटा समान किने । जसको भारतीय मूल्य (प्रिन्टेड मूल्य) १ हजार ८ सय ३४ आइसी छ ।

जस अनुसार नेपाली मूल्य २ हजार ९ सय ३४ पर्छ । सो सामानमा १३ प्रतिशत भ्याट जोड्दा ३ हजार ३ सय १५ हुन आउँछ ।

उक्त सामानमा २० प्रतिशत मुनाफा मूल्य राखी ग्राहकलाई विक्री गर्दा जम्मा ग्राहकले ३ हजार ९ सय ७८ रुपैयाँसम्म तिर्नु पर्ने हो ।

तर अटो वर्कले ५ हजार ५ सय रुपैयाँ लिएको प्रमाण फेला परेको छ । सिधा रुपमा हेर्दा पनि अटो वक्सले सो सामानको मूल्यमा १ हजार ५ सय रुपैयाँ ठगि गरेको देखिन्छ ।

उल्लिखित कारणले गर्दा अटो वक्सको ठगि धन्दा विरुद्ध उक्त सामान खरिद गरेका ग्राहकले जिल्ला अनुगमन समितिलाई कारवाही गरि पाउँ भनी उजुरी समेत दिएका हुन् ।

उजुरीकै आधारमा अनुगमन टोली र उपभोक्ता मञ्च कास्कीले प्रहरीलाई खबर गरेको थियो ।

प्रहरीको टोली सहित उनीहरु पनि जाँदा अटो वर्कले धेरै जसो समानको प्रिन्टेड मूल्य कालो मसिले केरेर आफ्नो मनोमानी मूल्यमा विक्री गरेको पाइयो ।

त्यसपछि सामानसहित कार्यरत कर्मचारीलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा तानियो ।

सामानकै मुचुल्का उठाएकै बेला अर्का एक जना ग्राहक पनि ठगिएको भन्दै आई पुगे ।

उनले ३ सय ४ रुपैयाँ आइसी मूल्य भएको सामानलाई १ हजार ३ सय ७१ तिरेको बिल देखाए । उक्त सामानको नेपाली मूल्य ४ सय ८६ हुन आउँछ ।

जसमा भ्याट जोड्दा ५ सय ४९ पर्छ । २० प्रतिशत मुनाफा जोड्दा समेत ग्राहकलाई विक्री उपयुक्त मूल्य ६ सय ५८ हुन आउँछ ।

तर अटो वर्कले १ हजार ३ सय ७१ रुपैयाँमा बेचेको छ । जस अनुसार सो सामानमा वक्सले ७ सय १२ रुपैयाँ बढी लिएर ठगि भएको दाबि ग्राहकले गरेका छन् ।

ग्राहकको गुनासो अनुसार कालोबजारीमा कारवाही प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं एसपी ओमबहादुर रानाले बताए ।

‘हामीले सामान सहित कर्मचारीलाई ल्याएका थियौं,’ उनले भने, ‘कारवाहीका लागि मुचुल्का सहित सबै कागजात जिल्ला प्रशासन कार्यालयमा पेस गरेका छौं ।’

तोकिएको मूल्य भन्दा धेरै रकम लिएको भनेपछि कारवाहीको प्रक्रिया अघि बढेको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए ।

‘अनुसन्धान भई रहेको छ,’ उनले भने, ‘गलत भएको भए कारवाही हुन्छ ।’

कालोबजारी नै हो

यामाहा कम्पनीको सो रुममा संचालन भएको विश्वकर्मा अटो वक्सले सरासर ठगि गरेको देखिन्छ ।

कपिलनाथ कोइराला/ उपभोक्ता मञ्च कास्की, अध्यक्ष

तोकिएको मूल्य भन्दा धेरै मूल्य लिनु लाईनै कालोबजारी भनिन्छ । गुनासो आएपछि हामी समान जाँच गर्न पुगेका थियौ ।

जसमा प्रिन्ट मूल्य कोरिएको छ । बिलसहित सबै प्रमाण प्रहरी कहाँ छ र कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय पनि पु¥याइएको छ ।

हुन त अटो वक्सले आफ्नो सफाइ दिन अनेक तर्क राखेको छ । प्रिन्टमा राखिएको मूल्य भारतको लागि मात्र हो रे ।

त्यस्तो कुतर्क गर्न मिल्छ ? प्रिन्ट गरिएको मूल्य वन ली फर इन्डिया रे । जे बोलेपनि हुनी । त्यसो हो भने नेपालमा बेच्नको लागि वन ली फर नेपाल भनेर प्रिन्ट गरेर पठाउन भन्नु पर्यो नी ।

वितरक अर्थात बेच्ने संस्थाले मूल्य तोक्ने अधिकार कानूनमा छैन् । त्यो त उत्पादक अर्थात उद्योगले मात्र तय गर्न पाउछ । मनपरी मूल्य लिने अधिकार कुनै पनि संस्था वा व्यक्तिलाई छैन् ।

त्यस्तो लागि कडा कारवाही हुनु पर्छ । तर अनुगमन चलिरहदा प्रहरीले सामान जफत गर्न मिल्यो व्यक्तिलाई पक्राउ गरेर राख्न हुदैन ।

एमआरपी किन मेट्ने ? ग्राहकको प्रश्न

यामाहा कम्पनीको सो रुममा संचालन भएको विश्वकर्मा अटो वक्सले सामानको एमआरपी किन कोरेको भन्ने प्रश्न ग्राहकले उठाएका छन् ।

कम्पनीबाट तोकिएर आएको प्रिन्ट मूल्यमा कालो पोतेर वास्तविक मूल्य लुकाएको एक ग्राहकले बताए ।

‘अहिलेका ग्राहकहरु लाटा छन्,’ उनले भने, ‘भारतीय मूल्य कन्भट गरेर भ्याट जोडेर २० प्रतिशत सम्म नाफा खान मिल्छ भन्ने कुरा धेरै ग्राहकलाई थाहा छ । तर अटो वक्सले कालो पोतेर ग्राहक र प्रशासनको आँखामा छारो हाल्ने काम गरेको हो ।’

ठगि होइन: सञ्चालक श्रेष्ठ

आईसीको मूल्य नेपालको हकमा नमिल्ने यामाहा सो रुम विश्वकर्मा अटो वक्सका सञ्चालक सरोज श्रेष्ठले बताए ।

‘ढुवानी खर्च हुन्छ, भ्याट मूल्य जोडिनु पर्ने हुन्छ । कम्पनीको लेखेको मूल्य भन्दा पनि खरिद मूल्य हेर्नुपर्छ,’ उनले भने, ‘जसले उजुरी गर्नुभएको छ । उपभोक्ताको नजरबाट ठिक हो । तर व्यवहारिक पक्ष मिल्दैन् ।’

श्रेष्ठले आफ्नो कुरा सबै जिल्ला प्रशासन कार्यालयमा राखिसकेको बताए । ‘एमआरपी मूल्य मात्र हेरेर हुँदैन्, खरिद मूल्य पनि हेर्नुपर्छ मसँग खरिद विक्री बिल साथमै छ,’ उनले भने, ‘यदि मेरो गल्ती छ भने, म नियम अनुसार कारवाही भोग्न तयार छु ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.