www.tandavnews.com
Fact ~ In search of truth

पाेखरामा यति एयरलाईन्सको जहाज धावन मार्गबाट बाहिरीए पछि

पोखरा
ताण्डव न्यूज ।

पोखरा विमानस्थलमा आज (अाइतबार) दिउँसो २ः४५ बजे अवतरण गरेको यति एयरलाईन्सको 9N-AHU कलसाइन जहाज धावन मार्गबाट बाहिरीए पछि ग्राउण्डेड भएको छ ।

काठमाण्डौंबाट पोखराका लागि उडेको उक्त विमान ल्याण्ड गरी टर्निङ प्वाइन्टमा पार्किङ गरी बस्ने क्रममा हाइड्रोलिक फेल भएपछि धावनमार्गबाट चिप्लिएर घाँसमा जोतिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी ओमबहादुर रानाले जानकारी दिए ।

Batas

सोही समयमा पोखराबाट उड्ने क्रममा रहेको सिम्रिक एयरको जहाजलाई धावनमार्गको स्पेस छोडिदिएर टर्निङ प्वाइन्टको पार्किङमा बस्न खोज्दा हाइड्रोलिक फेल भएर झण्डैं २० मिटर बाहिर घाँसे मैदानमा पुगेको प्रहरीले जनाएको छ ।

एसपी रानाका अनुसार विमानमा सवार ३० जना यात्रु र चालक दलका ३ जना सकुशल छन् ।

ग्राउण्डेड जहाजलाई ब्याक गरी धावनमार्गमा ल्याउने उपकरण पोखरामा नभएको कारण काठमाडौंबाट उपकरण मगाईसकिएको जानकारी एसपी रानाले दिए ।

हाल विमानस्थल पूर्ववत रुपमा सूचारु अवस्थामा आईसकेको प्रहरीले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.