www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा तीन दिने योग खेलकुद प्रतियोगिता

पोखरा,
ताण्डव न्यूज ।

‘सबैका लागि योग, सधैका लागि योग’ भन्ने नाराका साथ पोखरामा ३ दिने ‘दोस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता हुने भएको छ ।

नेपाल योग खेलकुद संघको आयोजना, राष्ट्रिय खेलकुद परिषदको सहयोग र कास्की जिल्ला योग खेलकुद संघको व्यवस्थापनमा बैशाख २१, २२ र २३ गते ह्वाइट हाउस पार्टी प्यालेस सिर्जनाचोकमा हुने आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

Batas

नेपाल योग खेलकुद संघका महासचिव चुडामणि खरेलले अन्तर्राष्ट्रिय स्तरको योग प्रतियोगतामा नेपाल लगायत भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र माल्दिभ्स गरी ६ वटा देशका खेलाडीहरु सहभागीता जनाउने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा करिब ३ सय जना खेलाडी र ५० अफिसियल गरी ३५० जनाको सहभागीता रहनेछ ।

प्रतियोगितामा ५ वटा महादेशका पर्यवक्षकहरु समेत आउने खरेलले बताए । प्रतियोगितामा महिला र पुरुषको विभिन्न उमेर समूहका व्यक्तिगत र सामूहिक प्रतियोगिता सञ्चालन हुने जनाइएको छ ।

विभिन्न उमेर समूहमध्ये अण्डर ११, ३६ देखि ४९, ५० वर्षदेखि माथि पुरुष र महिला गरी ६ स्वर्ण, त्यसैगरी १२ देखि १७ वर्ष र १८ देखि ३५ वर्षको पुरुष र महिला एकल र समूह गरी ८ स्वर्ग गरी १४ वटा स्वर्ण रजत र कास्य पदकममा प्रतिस्पर्धा हुने खरेलले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने खेलाडीलाई मेडल र प्रमाणपत्र सहित नगद पुरस्कार पाउनेछन् । योग खेलकुद प्रतियोगिताका प्रतिस्र्धाका विभिन्न योग आसनहरुको योग खेलाडीहरु बीच प्रतिस्पर्धा गराई प्राप्त गर्ने अंकको आधारमा प्रथम, द्धितिय र तृतीय निर्णायकहरुबाट छनोट गरिने खरेलले जनाए । प्रतियोगिता सम्पन्न गर्नको लागि ३५ लाख लाग्ने अनुमान गरिएको छ भने यसको व्यवस्थापन राखेपबाट र स्थानीय निकायबाट सहयोग संकलन गरिने जनाइएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.