www.tandavnews.com
Fact ~ In search of truth

जलकुम्भी र माटोले लुकाएको फेवा हेरे मन्त्री भट्टराईले

पोखरा
ताण्डव न्यूज ।

संस्कृति, पर्यटन तथा नगरिक उड्डयन मन्त्री योगेश भट्टराईले आज पामे पुगेर फेवाताल अवलोकन गरेका छन् ।

तालको अवस्थाबारे प्रदेशका अर्थमन्त्री किरण गुरुङ सहित सोही क्षेत्रका प्रदेश सांसद राजिव पहारी, वडाध्यक्ष लगायतले मन्त्री भट्राईलाई जानकारी गराए ।

Batas

मन्त्री भट्टराईलाई जानकारी गराउँदै सांसद पहारीले पुरिएको माटो निकाले मात्रै तालको आकार बढ्ने बताए । उनले भने ‘जमिनको मुनि जम्मै पानी छ । माटो निकाले मात्रै ताल बन्छ । तालको आकार बढाउन कुनै समस्यै छैन ।’

अवलोकनका लागि पामे पुगेका मन्त्री भट्राई उभिएको डिल अघि झलकुम्भी र माटोले फेवा लुकाइरहेको देखिन्थ्यो ।

तस्विर : माधव भुसाल/ताण्डव न्यूज ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.