www.tandavnews.com
Fact ~ In search of truth

जेठको तेस्रो साता ‘युथ ईन एक्सन’

पोखरा
ताण्डव न्यूज ।

आर्ट अफ लिभिङ नेपालको आयोजनामा आगामी जेठको तेस्रो साता पोखरामा “युथ ईन एक्सन” कार्यशाला हुने भएको छ ।

“अध्यात्म, उद्यमशिलता, गतिशिलता” भन्ने नारा सहित युवाहरुलाई लक्षित उक्त कार्यशाला जेठ १६ देखी १८ गते सम्म सञ्चालन हुने पोखरामा आज (आईतबार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

Batas

तिन दिनेसम्म चल्ने उक्त कार्यशालामा १८ देखी ३५ उमेर समुहका युवाहरुलाई लक्षित गरि बिभिन्न बिद्यामा प्रशिक्षण तथा आध्यात्मिक कार्यक्रमहरु सञ्चालन गरिने सिनियर शिक्षक पवन नेपालले बताए । उनका अुनसार देशै भरिबाट १ हजार भन्दा बढि सँख्यामा युवाहरुको सहभागिता रहनेछ ।

नेपालले हरेक दिन बिभिन्न खालका कार्यक्रमहरु तय गरिएको बताउदै बिहानी सत्रमा विश्व प्रशिद्ध ह्याप्पिनेश कार्यक्रम तर्फ योग, प्रणायम र ध्यान गराईने बताए । उनका अनुसार दिवा सत्रमा सफल उद्यमीहरुसँगको अन्तरिक्रिया गरिनेछ भने संध्याकालिन सत्रमा बिभिन्न जाति समुदायसँग सम्बन्धित कला, संस्कृति तथा नृत्यहरु प्रस्तुत गरिनेछन् । उनले बिभिन्न जाति र क्षेत्रको संस्कृतिको बारेमा जान्ने मौका हुने बताउदै सो सत्र महत्वपूर्ण रहने उल्लेख गरे ।

आर्ट अफ लिभिङ नेपालका बरिष्ठ प्रशिक्षक सौमाया गुरुङ भट्टराईले युवाहरुको बिदेशिने क्रममा आत्मनिर्भर र उद्यमशिलतामा आकर्षित गर्ने उद्देश्य सहित बिगत देखी आर्ट अफ लिभिङ नेपालले बिभिन्न कार्यशालाहरु गर्दै आएको बताईन् । “बिदेशीने युवाहरुको जमातलाई आत्मनिर्भर र जिम्मेवार बोध गराउने लक्ष्य सहित यस्ता कार्यशालाहरु सञ्चलान गर्दै आएका हौं” उनले भने– “यो कार्यक्रमले पनि कैयौं युवाहरुलाई जिम्मेवार बोध गराउनेछ, र समाज रुपान्तरणमा सघाउ पर्याउने छ ।”

आर्ट अफ लिभिङ नेपाल गण्डकी प्रदेशका संयोजक नेरश भट्टराईले सो कार्यशालामा प्रतिष्ठित मोटिभेस्नल स्पीकरहरुले युवाहरुलाई बिशेष प्रशिक्षण दिने बताए । भट्टराईका अनुसार तिन दिन सम्म चल्ने उक्त कार्यक्रममा क्रमबद्ध डा. बिशाल ढकाल, बिश्वास ढकाल, बिनोद बिष्ट, निर्भान चौधरी, अनिल शाह तथा पारस खड्का लागायतले प्रशिक्षण दिनेछन् ।

पोखरा महानगरपालिका १२ माटेपानीमा सञ्चालन हुने सो कार्यशालामा सहभागी हुनका लागि प्रति युवा ३ हजार दस्तुर निर्धारण गरिएको आयोजकले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.