www.tandavnews.com
Fact ~ In search of truth

कोरियाली भाषा परीक्षा शनिबारदेखि, ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने

काठमाडौँ ।
गणतन्त्र कोरियाका लागि रोजगार अनुमति प्रणाली(इपिएस) भाषा परीक्षा शनिबार र आइतबार हुने भएको छ ।

परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए। परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेका छन् ।

बिहान १० बजेदेखि पहिलो चरण र अपराह्न २ बजेदेखि दोस्रो चरणमा सञ्चालन हुने परीक्षामा परीक्षार्थी तोकिएको समयभन्दा एक घण्टा अगावै उपस्थित नभए परीक्षामा सहभागी हुन नपाइने जानकारी इपिएसले गराएकाे छ ।

Batas

काठमाडौँमा १६, ललितपुरमा आठ र पोखरामा चार परीक्षा केन्द्र रहने छन् । परीक्षाको जिम्मा मात्र भाषा केन्द्रले लिएको छ भने परीक्षापछि उत्तरपुस्तिका कोरियाबाटै जाँच भई छनोटको काम हुनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.