www.tandavnews.com
Fact ~ In search of truth

साताकाे राशिफल

मेष

काममा क्रमश सुधारको संकेत देखिनेछ । रोकिएका काममा सफलता हात लाग्नेछ । विदेश यात्रा सगै नयाँ ज्ञान आर्जन गर्ने अवसर पनि मिल्नेछ भने बालबालिकासँग सम्बन्धित काममा समय व्यतित हुनेछ । प्रणय सम्बन्धमा नयाँ उचाई मिल्नेछ । धैर्यता आत्मसाथ गरेर अघि बढ्दा सफलता हात लाग्नेछ । पढाइ लेखाइमा सोचे अनुरुप सफलता हात लाग्न कठिन देखिन्छ ।

बृष

Batas

साता उत्साहित रुपमा सुरु हुनेछ । सामुहिक सहयोगको आदान प्रदान हुनेछ । नयाँ जोडीहरुको प्रणय सम्बन्धमा मिठासता थपिनेछ । मनोरन्जनात्मक कार्यमा धन र समय खर्च गरिनेछ । दिनदुखीको सेवामा मन रमाउनेछ । लामो यात्राको सम्भाव्यता देखिन्छ । बिहीबार र शुक्रबार धन क्षय हुन सक्छ भने आफन्तसँग मनमुटाब तथा जरिवानामा परिन सकिन्छ साबधान रहनुहोला ।

मिथुन

आर्थिक हिसाबले समय बलबान रहनेछ । लगानी गर्नु पूर्व पूर्ण जानकारी लिएर अगाडी बढ्नु भएमा अझ बढी सफलता हात लाग्नेछ । आफन्तसागको सम्बन्धमा कमजोरी आउन सक्छ भने मनमा केहि खराब बिचार आउनाले साताको मध्य तिरको समयमा झैँ–झगडामा फसिन सकिनेछ । आफ्नै कारण अनावस्यक बादबिवादमा तानिने सम्भावना छ । बिचारपूर्वक कार्य गरेको खण्डमा साता निकै फलदायी बन्नेछ ।

कर्कट

साता मध्यम छ । पढाई लेखाइमा सुधार आउनेछ । साहित्यिक लेखनमा समय व्यतित हुनेछ,रमाइलो भेटघाट हुनेछ भने विरोधीहरु तपाइको सहयोगी बनेर आउनेछन । सन्तान सुख बढ्नुको साथै,बैदेशिक क्षेत्र सँग सम्बन्धित ब्यबसाय फस्टाउनेछ । साताको अन्त्यमा झैझगडा र कष्टकर यात्राको सम्भाबना देखिन्छ । सप्ताहान्तमा केहि खराब निर्णय हुन सक्छन् ।

सिंह

यो साताको समय निकै फलदायी हुनेछ । नोकरी तथा ब्यबासयिक सफलताले नयाँ उचाई लिनेछ । प्रतिष्ठित काममा सरिक हुने अवसर मिल्नेछ । मनोरन्जनात्मक भेटघाटमा सरिक हुने अवसर जुट्नाले मन आनन्दित रहनेछ, रोजगारीको खोजीमा रहनु हरुको लागि नोकरी सम्भावना देखिन्छ । उचित ध्यान नपुग्दा साताको अन्त्यमा भने आर्थिक तथा पारिवारिक झैँ–झमेला आइलाग्ने सम्भाबना छ ।

कन्या

आफन्तसँगको सम्बन्धमा कमजोरी आउनेछ । घर जग्गा जमिनसँग सम्बन्धित समस्याले सताउन सक्छ । समयमा सहि निर्णय लिन नसक्दा नोक्सानी व्यहोर्नुपर्नेछ । मंगलबार साझ देखि समयमा केहि सुधार आउनेछ । आफन्त तथा साथीभाइको सहयोगमा महत्वपूर्ण कार्य पुरा गरिनेछ । बिग्रिएको प्रेम सम्बन्धमा सुधारको संकेत सगै रमाइलो यात्रा हुन सक्नेछ ।

तुला

बोलीमा आउने खराबी र रिसको मात्रामा बृद्धि आउनाले आफन्तसँगको सम्बन्धमा तिक्तता आउन सक्छ । विभिन्न धार्मिक र सामाजिक कार्यमा सरिक भई सहयोग गर्ने अवसर मिल्नेछ । राज्य पक्षबाट विस्वासिलो व्यक्तिको रुपमा बिशेष पदवी र उपाधि मिल्नेछ । साताको अन्त्यमा देश विदेशको भ्रमण गर्ने अवसर मिल्नेछ । हेलचेक्य्राइले गर्दा संचित गरिएका धनमाल खर्च हुन सक्ने देखिन्छ ।

बृश्चिक

मनमा आत्मबिस्वास बढ्नाले साहसिक काममा उच्चतम सफलता मिल्नेछ । सामाजिक यश र किर्तिमा वृद्धि हुनेछ,कुरा काट्नेहरु तपाईको प्रशंशा गर्न थाल्नेछन । आर्थिक अबस्थामा सुधार आउनेछ । रोकिएका कामहरु पुरा गर्न सकिनेछ । पशुपालक कृषक बर्गको लागि फाइदाजनक समय रहनेछ । मंगलबार र बुधबार भने केहि खराब रहेकाले मान हानि हुन सक्छ ।

धनु

साताको पुर्बार्धमा सवारी साधनको प्रयोगमा निकै चनाखो रहनु पर्ने देखिन्छ । अंगभंग जस्ता ठुलो दुर्घटना हुन सक्ने अबस्था छ । धार्मिक भावमा नकारात्मक उर्जा बढेता पनि सामाजिक सेवामा भने गति बढ्नेछ । मुद्दा मामिलाको झन्झटले उर्जावान समय खेर जान सक्छ । साताको उत्तरार्धमा भने निकै सफलता दायक काममा हात लाग्नेछ, सप्ताहान्तमा तपाइको परिश्रमको उचित मुल्यांकन हुनेछ ।

मकर

मनग्य धनार्जन गर्न सकिनेछ भने आर्जित धनको संचय पनि गरिनेछ । बाह्य सहयोग बढे संगै बोलीको प्रभाब बढ्नेछ । साथिहरुको सहयोग पाइनेछ भने नयाँसाथीसँगको मित्रता सुमधुर बन्नेछ । सन्तान सुख मिल्नेछ, बिहीबार र शुक्रबार दुर्घटनाको सम्भाव्यता भए पनि अन्य समयमा सवारी साधनबाट फाइदा हुनेछ । बिपरित लिंगीसँगको सम्बन्धमा भने साबधानी अपनाउनु पर्ने देखिन्छ ।

कुम्भ

साताको सुरुवात राम्रो हुनेछ । प्रेम प्रशंग र व्यवसयिक पाटोमा प्रगती हुनेछ । धार्मिक कार्यमा समय बित्नेछ । सप्ताहान्तमा नोकरीमा प्रगति हुनुको साथै मान सम्मानमा वृद्धि हुनेछ । मंगलबार र बुधबार भने अलिक खराब समय छ । दुर्घटना तथा चोटपटकको सम्भाव्यता देखिन्छ । साथै मुद्दा मामिलाको झन्झट पनि आइलाग्न सक्ने देखिन्छ इष्टदेबको दर्शन पूजा गर्नुहोला ।

मीन

यो साता फलदायी रहनेछ । राजनीतिक तथा सामाजिक मान समान र प्रतिष्ठामा वृद्धि हुनेछ । दुख र चिन्ताबाट धेरै हदसम्म मुक्ति पाइनेछ । पराक्रमी काममा चित्त लाग्नेछ, धन सम्पति संचय गर्ने अवसर मिल्नेछ । साताको अन्त्यतिर आर्थिक रुपमा नोक्सानी हुन सक्ने समय देखिन्छ । रिस बढ्नाले आफन्त तथा पति पत्निमा मनमुटाब बढ्न सक्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.