
पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सीमित स्रोत साधनको अधितकतम प्रयोग गरेर जनतालाई गुणस्तरीय एवं छिटोछरितो स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सामाजिक विकास मन्त्रालयअन्तर्गत पोखरामा स्थापना गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयको आज यहाँ उद्घाटन गर्दै उनले निर्देशनालयको स्थापनाले संघीयता कार्यान्वयनमा जोड पुगेको उल्लेख गरे।
गण्डकी प्रदेशको पहिलो निर्देशनालयका रुपमा स्थापना भएको प्रसङ्ग उल्लेख गर्दै उनले अस्पतालको सञ्चालन र व्यवस्थापनका लागि प्रदेशको मातहतमा दिइनुपर्ने माग गरे ।
पोखरा विज्ञान प्रतिष्ठान संघीय सरकारले नभई प्रदेश सरकारको जिम्मामा हुनुपर्ने बताउँदै उनले स्थानीय तहको जिम्मामा रहेको आधारभूत स्वास्थ्य सेवा व्यवस्थापन र परिचालन गर्न चुनौती रहेकामा जोड दिए ।
सामाजिक विकासमन्त्री नरदेवी पुनले मन्त्रालय आवश्यक नीति तथा कानून निर्माणमा जुटेको बताउँदै जवाफदेवी, कर्तव्यनिष्ठ बनी जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न सकेमात्र स्वस्थ नागरिक उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन।
पोखरा विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा बुद्धिबहादुर थापाले प्रदेशको गौरवका रुपमा रहेको गण्डकी अस्पताललाई सुविधा सम्पन्न बनाउन सबैको सहयोग अपरिहार्य रहेको बताए।
प्रदेशका प्रमुख सचिव नारायणप्रसाद विडारीले निर्देशनालय स्थापनासँगै तल्लो तहका जनतासमक्ष स्वास्थ्य सेवा पु¥याउन सहयोग पुग्ने जनाए।-रासस
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.