www.tandavnews.com
Fact ~ In search of truth

नौ अङ्कले बढ्यो शेयर बजार

काठमाडौँ ।

निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज भने ९.३९ बिन्दुले बढेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार करीब १० अङ्कले बजार वृद्धि हुँदा एक हजार १८१.६९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९८ बिन्दुले वृद्धि भई २४९.७९ अङ्कमा पुगेको छ ।

कूल १६७ कम्पनीका छ लाख ९८ हजार ३७८ कित्ता शेयर रु २१ करोड नौ लाख ७३ हजार ३७२ मूल्यमा खरीद बिक्री भयो । आज होटल उपसमूह बाहेक अरु सबै उपसमूहको शेयर मूल्य वृद्धि भएको छ । होटल २.३१ बिन्दुले घट्दा बैंकिङ ९.११, विकास बैंक ७.९१, जलविद्युत् ५.३१, वित्त १.३२, निर्जीवन बीमा ६२.४६, उत्पादन ८.२६, अन्य ६.२७, माइक्रोफाइनान्स १४.०३ र जीवनबीमा २६.२१ बिन्दुले बढेको छ ।-रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.