www.tandavnews.com
Fact ~ In search of truth

प्रधानाध्यापकले गरे दलित विद्यार्थी निष्काशन

बर्दिवास ।

महोत्तरीको भङ्गाहा नगरपालिकामा एक दलित विद्यार्थी विद्यालयबाट निष्काशित भएका छन् ।

भङ्गाहा–९ हरिनमरीका सिकिन्दर मरिक डोमका १२ वर्षीय छोरा मुकेश आफ्नै बस्तीको किशोरी जनता माविबाट मङ्गलबार निष्काशन गरिएका हुन् । कक्षा ७ का मुकेशले आफूलाई प्रधानाध्यापक मनोहरप्रसाद यादवले निष्काशन गरेको बताएका छन् । आफूलाई विद्यालय परिसरमा छरिएको फोहर सफा नगरेको निहुँमा निष्काशन गरिएको पीडितको भनाइ छ । विद्यालयमा यही असोज १० गते लेखापाल राकेश यादवकी हजुरआमाको क्रियाभोज खाँदा मिल्किएको फोहर सफा नगरेको भन्दै निष्काशन गरिएको पीडितले बताएका छन् ।

Batas

मुकेशका आमाबाबुले पनि आपूmहरुलाई नीच जातको भनेर प्रध्यानध्यापकले हेपेको बताएका छन् । मुकेशका पिता ले आफूलाई पनि प्रध्यानध्यापकले बारम्बार फोहर सफा गर भन्दै हप्काएको बताएका छन् । असोज १० गते विद्यालय नै बन्द गरेर परिसरमा खुवाइएको भोजका जुठा पात डोम भएकै कारण आफ्नो छोरालाई सफा गर्न लगाइएको उनका पिताको भनाइ छ । विद्यालयबाट निष्काशित मुकेश आपूmमाथि न्याय हुनपर्ने भन्दै अहिले बस्तीका भद्रभलादमी गुहारिरहेका छन् । प्रअ यादवले फोहर सफा गर्न आफू समेत सरीक रहेको बताएका छन् ।     रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.