www.tandavnews.com
Fact ~ In search of truth

रुख काट्न नपाउँदा रोक्कियो प्रशारण लाईनको काम

 

संजय रेग्मी ,

पर्वत ताण्डव न्यूज ।

Batas

रुख काट्ने आदेश नपाउँदा राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी प्रसारण करिडोरको काम प्रभावित भएको छ ।

प्रसारण लाइनको म्याग्दीको दाना देखि पर्वतको खुर्कोट खण्डमा रुख काट्ने आदेश नपाउँदा काम प्रभावित भएको हो । मन्त्रीपरिषदको रुख काट्न अनुमति दिने निर्णय कार्यान्वयन नहुँदा २ सय २० केभीए क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमा ३० वटा टावर निर्माण कार्य रोकिएको छ ।

२०७४ पुष १३ गतेको मन्त्रीपरिषद् बैठकले ३० वटा टावर निर्माण हुने वन क्षेत्रको २.५८ हेक्टर जग्गा भोगाधिकार र चार हजार २०८ वटा रुख काट्नका लागि अनुमती दिने निर्णय गरेको थियो । मन्त्रीपरिषद्को निर्णय एक वर्षसम्म कार्यान्वयन नहुँदा वन क्षेत्रमा टावर बनाउने र तार तान्ने काम गर्न समस्या परेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले जानकारी दिए।

वन क्षेत्रमा ओगट्ने क्षेत्रफल बराबरको सट्टा जग्गा उपलब्ध गराउनुपर्ने वन विभागसँगको सम्झौता कार्यान्वयनमा आयोजनाले उदाशिनता देखाएकाले बाध्य भएर कटान आदेश रोकिएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । जग्गा उपलब्ध गराउन नसके बिरुवा रोप्न र हुर्काउने लागत समेत हिसाब गरी सट्टा जग्गाको मूल्य उपलब्ध गराउन सकिने विकल्प छ ।

तर वनलाई उपलब्ध गराउने उपयुक्त जग्गा खोजी गर्दा नभेटीएका कारण जग्गाको मूल्य निर्धारण गरिदिए सो वापतको रकम उपलब्ध गराउन तयार रहेको आयोजना प्रमुख घोषको भनाई छ ।नेपाल विद्युत प्राधिकरणले म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधिन जलविद्युत आयोजनाबाट उत्पादीत विद्युत केन्द्रीय ग्रिडमा जोड्नका लागि दाना र खुर्कोटमा सबस्टेसन राखेर ३९ किलोमिटर प्रशारण लाइन बनाइरहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.