www.tandavnews.com
Fact ~ In search of truth

महामारी पछिको रेमिट्यान्सः ६ महिनामा ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ भित्रियो

काठमाडौँ,
ताण्डव न्यूज ।

चालु आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा विदेशबाट ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाबारे अध्ययन प्रतिबेदन अनुसार रेमिट्यान्स ११ दशमलब १ प्रतिशतले बढेर ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

Batas

कोरोनाको त्रास हुनु अगाडिको अवस्था भन्दा रेमिट्यान्समा सुधार भएको राष्ट्र बैंकका प्रवक्ता गूणाकरण भट्टले जानकारी दिए । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ० दशमलब ६ प्रतिशतले मात्रै बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६ दशमलब ७ प्रतिशतले वृद्धि भई ४ अर्ब १९ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह शून्य दशमलव ९ प्रतिशतले बढेको थियो । ६ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण लिने नेपालीको संख्या ७७ दशमलव ६ प्रतिशतले घटेको राष्ट्र बैंकले बताएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.