www.tandavnews.com
Fact ~ In search of truth

सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध

काठमाण्डौँ
ताण्डव न्यूज ।

सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फुड’ खुवाउन निषेध गरिएको हो ।

केन्द्रले स्थानीयस्तरमा उत्पादन हुने खानेकुरालाई नै प्राथमिकतामा राख्दै विभिन्न ६० प्रकारका ‘मेनु’ तयार गरेर पुस्तिका सार्वजनिक गरेको हो । सरकारले विद्यार्थीलाई दिवाखाजाका लागि सात अर्ब ७२ करोड ९३ लाख ३० हजार रुपैयाँ विद्यालयमा पठाइसकेको कार्यक्रममा जानकारी दिइएको छ ।

Batas

जस अन्तर्गत देशभरिका २९ लाख ४० हजार ७ सय ८९ विद्यार्थीलाई विद्यालयमा दैनिक खाजा निःशुल्क उपलब्ध गराइनेछ । सरकारले कर्णालीमा प्रतिविद्यार्थीलाई दैनिक २० र अन्य क्षेत्रमा विद्यार्थीलाई १५ रुपैयाँका दरले दिवाखाजाको रकम उपलब्ध गराउने भएको हो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.