www.tandavnews.com
Fact ~ In search of truth

संसद विघटनका विषयमा आज पनि ‘एमिकस क्युरी’ले राय दिने

कठमाण्डाैँ
ताण्डव न्यूज ।

संसद विघटनका विषयमा अदालतमा परेको रिटमा आज पनि अदालतको सहयोगी (एमिकस क्युरी) ले राय दिने भएको छ ।

आज पनि संसद विघटनका विषयमा संवैधानिक इजलासलाई आफ्नो राय दिने सर्वोच्च अदालतले जनाएको छ । गत मंगलबारबाट एमिकस क्युरीको बहस सुरु भएको थियो । पहिलो दिन बद्रिबहादुर काकीले र हिजो बुधबार दोस्रो दिन सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गरेका थिए ।

Batas

हिजोको बहसमा खरेल र मैनालीको राय बाझिएको थियो । खरेलले संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको तर्क प्रस्तुत गरे । मैनालीले संसद विघटन अधिकार भएको बताए । आज एमिकस क्युरीका बाँकी अधिवक्ताहरुले बहसमा भाग लिनेछन् ।

एमिकस क्युरीको बहस सकिएपछि सर्वाेच्च अदालतले संसद विघटनविरुद्ध परेका रिटहरुमाथि आफ्नो फैसला सुनाउने छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । संसद विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.