www.tandavnews.com
Fact ~ In search of truth

शिवरात्रीमा उपद्रो : मध्यरातमा लेकसाइडको ‘कासी भिलेज’ तोडफोड

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

पोखरा महानगरपालिका ६ लेकसाइडस्थित एक होटलमा तोडफोड भएको छ । बिहिबार (महाशिवरात्रीको रात) मध्यरातमा लेकसाइडमा रहेको कासी भिलेजमा तोडफोड भएको हो ।

मध्यरातको १२ बजेलगत्तै १०/१२ जनाको समूह होटल परिसरमा प्रवेश गरि तोडफोड भएको कासी भिलेज होटल एण्ड रेष्टूरेण्ट प्रालिका प्रबन्धक सागर क्षेत्रीले ताण्डव न्यूजलाई बताए । ‘राती करिब १२ः३० बजेको समयमा होटल बन्द गरि बसेका थियोँ । १०/१२ जनाको समूह धारिलो हतियारसहित होटल परिसर छिरे । रेष्टूरेण्टमा ढुङ्गा हान्न थाले, पार्किङको स्कुटर फोडे, कफी मेसिन लगायत रेष्टूरेण्टमा रहेको ल्यापटप, ग्लास, कुर्सीहरु समेत तोडफोड गरेका छन् ’ प्रबन्धक क्षेत्रीले भने । तोडफोडसँगै होटलमा सुतिरहेका ९ जना गेष्टहरुलाई समेत होहल्ला गरेर भगाइदिएको उनले बताए ।

Batas

घटनाबारे कास्की प्रहरीमा निवेदन दिइएको संचालक विमल पहारीले जनाए । ‘सबै बन्द गरेर बसेका थियौँ । केटाहरु आएर तोडफोड गरे, गेष्टहरु भगाए । हामीले सिसिटिभि फुटेजसहित प्रहरीमा निवेदन दिएका छौँ ।’

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले घटना र निवेदनबारे बुझ्ने बताए । ‘त्यो के रहेछ, म बुझ्छु’ उनले भने ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.