www.tandavnews.com
Fact ~ In search of truth

‘कथित भेला गर्नेलाई कारवाही हुन्छ’

काठमाडौं ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षले गरेको राष्ट्रिय भेलालाई कम्युनिस्ट आन्दोलनको कलंकको संज्ञा दिएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको संसदीय दलको बैठकमा बोल्दै ओलीले उक्त भेलाका आयोजक अगुवालाई स्पष्टिकरण सोधिने बताए । चित्तबुझ्दो जवाफ नपाए कारवाहीको प्रक्रिया अघि बढाइने अध्यक्ष ओलीले प्रष्ट पारेका छन् ।

बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘नेतृत्वलाई खुइल्याउने र सरकारको बदनाम गराउने नियतले भएको उक्त भेला नगर्न मैले र महसचिवले निर्देशन दिदा दिदै पनि कथित भेला गरिएको छ । कम्युनिस्ट आन्दोलनको कलंकको रुपमा चिनिएको भेलाको आयोजक अगुवालाई कारवाही गरिनेछ ।’

Batas

ओलीले आफ्नो राजिनामा माग्नेहरुलाई अविश्वासको प्रस्ताव ल्याउन चुनौति दिँदै तर सरकारकोविरुद्ध अविश्वास प्रस्ताव आउने स्थिति नदेखिएको दावी गरे । ओलीले पार्टीका बैठक बहिस्कार गरेर अरुकै लागि भेलाहरु गरिरहेको भन्दै माधव नेपालहरुमाथि अनुशासनको कारवाही शुरु हुने बताए । एमालेको चुनाव चिन्ह र झण्डा कब्जा गरेर प्रचण्डलाई बुझाउने नियतले फर्केको हो भने त्यो सपना नदेख्न समेत ओलीले चेतावनी दिए ।

ओलीले भने, ‘बरु प्रचण्ड ह्वाङ्गै, छ्याङ्गै छन् । बुटवल र सिन्धुलीबाट सबै कुरा छ्याङै पारे । मलाई त अध्यक्ष र पार्टी सदस्यबाट हटाए, धन्न नागरिकता खोसेनन् मेरो । उनीहरुले पार्टी र झण्डा चुनाव चिन्ह कब्जा गर्न खोजेका थिए । केपी ओली भएसम्म त्यो सपना नदेखे हुन्छ ।’

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.