www.tandavnews.com
Fact ~ In search of truth

आहा ! रारा गोल्डकप : आयोजकलाई हराउँदै एपिएफ सेमिफाइनलमा

पोखरा
ताण्डव न्यूज ।

विभागीय टोली नेपाल एपिएफ क्लब १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशाला स्थित फुटबल मैदानमा शनिवार भएको उद्घाटन खेलमा एपिएफले आयोजक सहारा क्लब पोखरालाई १–० गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलको ८७ औ मिनेटमा आशिष लामाले गोल गर्दै जित दिलाए ।

Batas

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको पाँचौ मिनेटमा एपिएफका बुद्धिमान राइको क्रस पासमा प्रभिन साङतनले हेडर सहाराका गोलरक्षक दिप कार्कीले बचाउ गरे । छैटौं मिनेटमा सहाराका त्रिदेव गुरुङको पासमा विनोद गुरुङको भली प्रहार बाहिरियो ।

१९ औं मिनेटमा एपिएफले पाएको अवसरको सदुपयोग गर्न नसक्दा गोल गर्नबाट चुक्यो । प्रविन स्याङतानको प्रहार आकाशियो । खेलको २६ औ मिनेटमा श्याम नेपालीको पासमा प्रदिप लामाले क्रस गरेको बल सहराका विदेशी खेलाडी एडमा डुम्विया डेडेले उत्कृष्ट बचाउ गर्दै जोगाए ।

लगत्तै २७ औ मिनेटमा राजन गुरुङले करिब २५ यार्डबाट गरेको प्रहार फस्टबार नजिकैबाट बाहिरीयो । खेलको ४५ औ मिनेटमा राजनकै प्रहार सहाराका गोलरक्षक दिपले उत्कृष्ट बचाउ गरे । पहिलो हाफमा थप गरिएको अतिरिक्त समयमा प्रदिप लामाले प्रहार गरेको बल निकै बाहिरियो ।

खेलको ४७ औ मिनेटमा एपिएफका डिफेन्डर राजनले बल फुस्काउदा सहाराले गोल गर्ने अवसर पाएपनी सदुपयोग गर्न भने सकेन । सहाराका विनोद गुरुङले त्रिदेवलाई दिएको पासमा गोल गर्न सकेनन् । उनको प्रहार एपिएफका गोलरक्षक राजु नगरकोटीले बचाउ गरे । एपीएफले ५० औ मिनेटमा पाएको कर्नरमा कप्तान सुदिप शिखाकरले प्रहार गरेपनी पोष्ट नजिकैबाट बाहिरीयो । प्रदिप लामाले प्रहार गरेको बललाई जालीको दिशा दिन सकेनन् ।

खेलको ५६ औ मिनेटमा प्रदिप लामाले प्रहार गरेको फ्रीकिकमा आशिष् लामाले ब्याक हेडर गरेको बल सहाराका गोलरक्षकले फुस्काउन पुग्दा कमल थापाले बचाउ गर्दै टोलीका लागि संकट टारे ।

आइतबार मछिन्द्र र एआरएबीच प्रतिस्पर्धा हुनेछ । चैत २३ गते संकटा र नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लब र चैत २४ गते रुस्लान थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । चैत २५ र २६ गते सेमिफाइनल र चैत २८ गते फाइनल हुने आयोजक क्लबले जनाएको छ । । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले गर्नेछन् ।

१९ औं सस्करणलाई सहारा क्लबले पोखराका प्रतिष्ठित उद्योगपती तथा राजनितिककर्मी स्व सूर्य बहादुर केसीको स्मरणमा विशेष बनाउने जनाएको छ । पोखराको फुटबल विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै उनको संस्मरणमा विद्यागत पुरस्कारमा १० हजार रुपैयाँले वृद्धि गरिएको बताइएको छ ।

जस अनुसार सुर्यबहादुर के. सी. मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर , मिडफिल्डर, वेष्ट स्ट्राइकर र प्रशिक्षक अवार्ड रहेका छन् । सबैले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दी म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख १ हजार र दोस्रो टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.