www.tandavnews.com
Fact ~ In search of truth

त्रिकोणात्मक टी-ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र मलेसिया भिड्दै

काठमाण्डौ
ताण्डव न्यूज ।

त्रिकोणात्मक टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज मलेसियासँग खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल दिउँसो सुरु हुनेछ ।

नेपालसँग ९ विकेटले पराजित भएको नेदरल्याण्ड्सले आइतबार मलेसियालाई १५ रनले पराजित गरेको थियो। ७९ रनमा ५ विकेट गुमाएको अवस्थामा पनि मलेसियाले एक सय ९२ रनको लक्ष्य पूरा गर्ने हिम्मत गरेको थियो। यसअघि नेदरल्याण्ड्सलाई नेपालले एक सय ३६ रनमा सिमित गरेको थियो भने पाँच ओभरको खेल बाँकी रहँदै जित हात पारेको थियो।

Batas

नेपाल र मलेसियाबीचको खेल नेपाली समयअनुसार आज दिउँसो पौने १ बजे सुरु हुने छ। यो खेलमा जित हात पारे नेपाललाई शीर्ष दुईमा रहन सहज हुने छ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.