www.tandavnews.com
Fact ~ In search of truth

भुर्तेल टी-२० सिरिजको उत्कृष्ट खेलाडी

काठमाडौँ ।

नेपाली युवा खेलाडी कुशल भुर्तेल त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उत्कृष्ट खेलाडी बनेका छन् । पाँच खेलमा चार अद्र्धशतकसहित कूल २७८ रन बनाउनुभएका उहाँ ‘प्लेयर अफ दि सिरिज’ घोषित भएका हुन् ।

प्लेयर अफ दि सिरिज भएका भुर्तेलले पल्सर मोटरसाइकल पुरस्कारस्वरुप प्राप्त गरे । उनले नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा ६२, मलेशियासितको खेलमा ६१, नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा ६२ तथा फाइनल खेलमा आज नेदरल्यान्ड्सविरुद्ध फाइनल खेलमा ७७ रन बनाए । भुर्तेल एकै सिरिजमा चार अद्र्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीसमेत बनेका छन् । उनले टी–२० क्रिकेटमा डेब्यु खेलमा लगातार तीन अद्र्धशतक बनाउने कीर्तिमानसमेत बनाएका छन् ।

Batas

यसैगरी सिरिजमा सर्वाधिक विकेट लिने खेलाडी सन्दीप लामिछाने बनेका छन् । उनले सिरिजको पाँच खेलमा १३ विकेट लिए । टी–२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडीसमेत बनेका लामिछानेले १०१ खेलमा १३८ विकेट लिएका छन् ।

रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.