www.tandavnews.com
Fact ~ In search of truth

विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३२ लाख नाघ्यो

एजेन्सी ।

विश्वभर फैलिएको कोरोना महामारीका कारण मृत्यु हुनेको सङ्ख्या ३२ लाख नाघेको छ ।

वल्र्ड मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा विश्वभर थप ९ हजार ९ सय ६० जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३२ लाख १६ हजार १ सय ४८ पुगेको छ । यस्तै गत २४ घन्टामा विश्वभर थप ६ लाख ८० हजार १ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

Batas

गत २४ घन्टामा विश्वभर थपिएका सङ्क्रमितमध्ये भारतमा सबैभन्दा धेरै ३ लाख ७० हजार ५९ जना रहेका छन् । यस्तै अमेरिकामा ३० हजार ७ सय १, ब्राजिलमा २८ हजार ९ सय ३५, टर्कीमा २५ हजार ९ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १५ करोड ३ लाख ८१ हजार ६ सय १३ पुगेको छ । यस्तै हालसम्म कोरोनाका कारण विश्वभर सङ्क्रमित भएकामध्ये १३ करोड ७ लाख ९१ हजार ४ सय ६४ जना स्वस्थ भएका छन् ।

हाल विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ करोड ९४ लाख ७३ हजारभन्दा बढी रहेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.