www.tandavnews.com
Fact ~ In search of truth

अब विकासशिल मुलुकले पनि कोरोनाविरुद्धको खोप बनाउन सक्ने

एजेन्सी ।

अमेरिकाले कोरोना भाइरस खोपलाई बौद्धिक सम्पदा अधिकारबाट बाहिर राख्ने विश्व व्यापार संगठन (डब्लूटीओ) को प्रस्तावलाई समर्थन गरेको छ ।

समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडनले हिजो यस प्रस्तावमा अस्थायी समर्थन जनाएका हुन् । रोयटर्सले डेमोक्रेटिक सांसद र १ सयभन्दा बढी मुलुकको बढ्दो दबावका कारण अमेरिकी राष्ट्रपति बाइडनले डब्लूटीओको प्रस्तावमा समर्थन जनाएको भनेर लेखेको छ ।

Batas

भारत र दक्षिण अफ्रिका जस्ता मुलुकले खोपलाई बौद्धि सम्पदा अधिकारबाट बाहिर राख्नका लागि प्रस्ताव गरेको थियो । उनीहरुका अनुसार कोरोनाविरुद्धको खोपलाई बौद्धिक सम्पदा अधिकारबाट बाहिर राख्दा विश्वभर खोप उत्पादनमा तिव्रता आउने बताएको छ । अमेरिकाको समर्थनपछि विश्व स्वास्थ्य संगठनले खुशी व्यक्त गरेको छ ।

संगठनका प्रमुख डाक्टर टेड्रोस एड्हनोम गेब्रेयसिसले राष्ट्रपति बाइडनको समर्थनले कोरोना महामारीविरुद्धको लडाइमा ऐतिहासिक क्ष रहेको प्रतिक्रिया दिएका छन् । अमेरिकाको समर्थनपछि अब विकासशील मुलुकमा औषधि उद्योगले आईपीको प्रयोग गरेर कोरोनाविरुद्धको खोप बनाउन सक्नेछन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.