www.tandavnews.com
Fact ~ In search of truth

कोरोना संक्रमणका कारण काँग्रेस नेता गच्छदार पत्नी निर्मलाको निधन

काठमाडौं
ताण्डव न्यूज ।

नेपाली कांग्रेसका उपसभापति विजयकुमारलाई पत्नीशोक परेको छ । गच्छदारकी श्रीमती निर्मला गच्छदारको कोरोना संक्रमणका कारण निधन भएको हो । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान ४ः ४५ बजे निधन भएको जनाईएको छ ।

लामो समयदेखि कलेजोको बिरामीसमेत रहेकी उनलाई भारतस्थित नयाँ दिल्लीमा उपचार गरिएको थियो। पछिल्लो समय नर्भिकमा उपचाररत उनलाई दुई दिन अघि कोरोना संक्रमण पुष्टि भएको उपसभापति गच्छदारका स्वकीय सचिव कन्हैया ठाकुरले जानकारी दिए । उनको आजै दाहसंस्कार गरिने जनाईएको छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.