www.tandavnews.com
Fact ~ In search of truth

अटेरी हिमालयनः प्रशासनको निर्देशन लत्याउदै निरन्तर लाहुेर तालिम

अर्जुन गाहा (सुशान्त)
पोखरा/ताण्डव न्यूज ।

‘कोभिड–१९’ कोरोना भाईरसको दोस्रो भेरियन्ट नेपालमा देखिएसँगै आवश्यकता अनुसार विभिन्न क्षेत्र बन्द गर्न सम्बन्धित जिल्ला प्रशासनबाट आदेश जारी गरियो । कास्कीमा पनि कोरोना संक्रमितको दर उच्च हुदै गएपछि बैशाख १५ गते देखि निषेधाज्ञा जारी छ ।

निर्माण तथा खाद्यान्नका क्षेत्रलाई अतिआवश्यक क्षेत्र ठहर्दै सिमित समयावधिका लागि सञ्चालन गर्न अनुमति भएपनि अन्य क्षेत्रलाई भने पूर्णरुपमा बन्द गर्न निर्देशन दिईएको छ । तर पोखरा महानगरपालिका १४ बिपी मार्ग स्थित रहेको हिमालयन आर्मी तालिम केन्द्रले भने निर्वाधरुपमा लाहुरे तयारी तालिम सञ्चालन गरिरहेको छ ।

Batas

होस्टल सञ्चालनसँगै दैनिक २० बढी प्रशिक्षार्थीको उपस्थितिमा तालिम केन्द्रका सञ्चालक शेरबहादुर गुरुङको नेतृत्वमा विद्यार्थीहरुले प्रशिक्षण लिँदै आएका छन् । सो समुहका प्रशिक्षार्थीहरुले ब्रिटिश आर्मी, सिङ्गापुर पुलिस फोर्स र भारतीय सेनाका लागि तालिम गर्दै आएको बताईएको छ ।

उक्त तालिम केन्द्रमा बिहान र बेलुकी होस्टल परिसरमा तालिम दिँदैै आएका केन्द्रका सञ्चालक गुरुङले स्वीकारे । ‘धेरै छैनन् १५-२० जना गति छन् उनीहरुलाई बाहिर भित्र गर्न दिएको छैन, ताण्डव न्यूजसँग गुरुङले भने, ‘साँचो लाएर भित्रै तालिम गराईराछौ ।’ यद्यपि, यस्तो गतिविधि गर्न हाल प्रशासनले रोकेको छ । उक्त कार्य रोक्न जिल्ला प्रशासन कास्कीबाट जारी विज्ञप्तीमार्फत निर्देशनसमेत दिईएको छ ।

आर्मी भर्ती तालिम केन्द्रहरुको छाता सँगठनका रुपमा नेपाल फिजिकल ट्रेनिङ एसोशियसनलाई मानिन्छ । यसमा कास्कीका ४० आर्मी भर्ती तालिम केन्द्रहरु आवद्ध छन् । एनपिटीएमा आवद्ध सबै होस्टल तथा प्रशिक्षण केन्द्रहरु पूर्ण रुपमा बन्द छन् । तर नेपाल फिजिकल ट्रेनिङ एसोशियसनमा समेत आवद्ध नरहेको आफुलाई स्वतन्त्र ठान्ने हिमालयन आर्मी तालिम केन्द्रले भने प्रशासनको निर्देशन लत्याउँदै लाहुरे प्रशिक्षण सञ्चालन गरिरहँदा कास्की प्रहरीको कामकारवाहीमाथि प्रश्न उठेको छ ।

के भन्छ कास्की प्रहरी ?

यता जिल्ला प्रहरी कार्यालय कास्कीले प्रशासनले जारी गरेको आदेशको अवज्ञा गर्नेलाई कारवाही गरिने बताएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले कुनै पनि तालिम सञ्चालन गर्न नपाईने बताउँदै तत्काल रोकिने बताए । ‘त्यस्तो त गर्न पाईदैन नी, तालिम सञ्चालन गरेको भेटिएका कारवाही हुन्छ”, श्रेष्ठले भने, ‘अहिले त त्यहाँमात्रै होईन कुनै पनि तालिम, सभा, बैठक केहीपनि सञ्चालन गर्न पाइँदैन ।” उनले सिडिओबाट निर्देशन भइसकेको बताउँदै कारवाही गर्ने बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.