www.tandavnews.com
Fact ~ In search of truth

महामारीमा ‘मादी गाउँपालिका’का स्थानीयलाई ‘महेन्द्रको मल्हम’

पोखरा ।

कास्की जिल्ला स्थित मादी गाउँपालिकाका स्थानीयलाई युवा संघ नेपालका सचिव महेन्द्र गुरुङले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । कोरोना भाइरसको संक्रमणबाट उच्च प्रभावित रहेको गाउँपालिकाको तल्लोभेगमा सचिव गुरुङले स्वास्थ्य सहयोग गरेका हुन् ।

सचिव गुरुङले स्थानीय ४१२ घरधुरीलाई वितरण गर्ने गरी २१ हजार थान मास्कसहित सावुन र स्यानिटाइजर मादी–१०का युवा संयोजक उमेश गुरुङलाई हस्तान्तरण गरेको जानकारी दिए ।

Batas

उनले ३३५० पिस मास्क, १४ सय पिस साबुन र ६ पिस अक्सिमिटर, २० लिटर स्यानिटाइजर सहयोग गरेको भन्दै व्यवसायीद्वय भिष्मराज पौडेल र दिलिपराज श्रेष्ठलाई धन्यवाद दिएका छन् । बाँकी १७५०० थान मास्क गुरुङ आफैले किनेका हुन् ।

सो गाउमा ९१ जना मानिसको स्वाब परिक्षण गर्दा ७१ जनामा कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.