www.tandavnews.com
Fact ~ In search of truth

‘ढुलमुले’ मन्त्री मनाङे पदबाट बर्खास्त

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे पदबाट बर्खास्त भएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई बर्खास्त गरेका हुन् ।

मनाङेले मुख्यमन्त्री पृथ्वीसुब्बाले विश्वासको मत लिने बेला साथ दिन नसकिने भन्दै सम्पर्कविहिन बनेका थिए ।

मनाङेलाई कास्की प्रहरीले बिहीबार बेलुका लेकसाइडको वरपिपल रिसोर्टमा फेला पारेको थियो । त्यसअघि पोखराबाट नै कांग्रेसका गुण्डा नाइके गणेश लामा पक्राउ परेका थिए ।

Batas

मनाङ ‘ख’ बाट निर्वाचित दीपक मनाङेलाई मुख्यमन्त्री गुरुङले पहिलो कार्यकालमै मन्त्री बनाएका थिए । त्यसलगत्तै दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका गुरुङले मन्त्रालय विस्तार गर्दा मनाङेलाई मन्त्री बनाएका थिए ।

मनाङेले सदन विघटन रोक्न आफूले विपक्षीलाई साथ दिने भन्दै बिहीबारबाट गायब भएका थिए । उनी बिहीबार पनि सदनमा अनुपस्थित रहे । यसरी ‘ढुलमुले’ प्रवृत्ती देखाएपछी मनाङेलाइ बर्खास्त गरिएको जनाइएको छ ।

मनाङेले कांग्रेस संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सहयोग गर्ने घोषणा गरेका छन् ।मनाङेले साथ दिएमा कृष्णचन्द्रको नेतृत्वमा गण्डकीमा नयाँ सरकार गठन हुनेछ । अहिले एमालेतर्फ २७ सांसद छन् । कांग्रेस नेतृत्वको गठबन्धनमा ३० सांसद छन् । मनाङेले साथ दिएमा कृष्णचन्द्रको पक्षमा बहुमत पुग्नेछ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.