www.tandavnews.com
Fact ~ In search of truth

मुलुकका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुने

काठमाण्डौँ
ताण्डव न्यूज ।

आजदेखि एक साता मनसुन तीव्र सक्रिय रहँदै मुलुकका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुनेभएको छ । थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले एक वक्तव्य जारी गर्दै गत शुक्रबारदेखि नेपाल प्रवेश गरेको मनसुनी वर्षाको अवधिभर कतै अधिक र कतै मध्यम वर्षा हुने जनाएको छ ।

विभागका प्रवक्ता सुमनकुमार रेग्मीका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती प्रदेशका अधिकांश स्थानमा र प्रदेश १ को मध्य तथा पश्चिमी पहाडी र हिमाली भेगमा सरदरभन्दा बढी वर्षा हुनेछ । गण्डकी, लुम्बिनी, बागमती प्रदेशको तराई र प्रदेश २ को पश्चिमी भू–भागमा सरदर वर्षा हुनेछ । प्रदेश १ को तराई र प्रदेश २ को पूर्वी भेगमा सरदरभन्दा कम वर्षा हुनेछ । निरन्तर हुने वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्ने सम्भावना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।

Batas

आउँदा केही दिनमा ठूला तथा मझौला नदीहरूमा जलप्रवाह उल्लेख्य रूपमा बढ्ने तथा साना नदीनाला र खहरे खोलाहरूमा आकस्मिक बहाव भई चुरे तथा तराईका भू–भाग डुबानमा पर्ने सम्भावना रहेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.