www.tandavnews.com
Fact ~ In search of truth

उद्धार र राहतमा खटिन सभापति देउवाको निर्देशन

काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र कटानले विकराल रूप लिएको भन्दै कठिन अवस्थामा उद्धार र राहतमा खटिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

पूर्वप्रधानमन्त्री देउवाले सरकारलाई तत्काल विपद्मा परेका जनतालाई उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरुलाई आवश्यक राहत प्याकेज घोषणा गर्न मागसमेत गरेका छन् । केही दिनदेखि परेको अविरल वर्षाका कारण मनाङमा दर्जनौँ घर बगाउनका साथै सिन्धुपाल्चोकको मेलम्ची बजारलगायत अन्य क्षेत्रमा समेत क्षति र दर्जनौँ व्यक्ति वेपत्ता भएका छन् ।

Batas

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.