www.tandavnews.com
Fact ~ In search of truth

पोखरा बहुमुखीलाई मनकारी लक्ष्मीको ५ लाख सहयोग

पाेखरा/ताण्डव न्यूज

पोखरा नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पसको भवन निर्माणार्थ लक्ष्मीदेवी गुरुङले ५ लाख रुपैयाँ सहयोग गरेकी छिन् ।

जन्मदिनको अवसरमा रानीपौवा निवासी ८४ वर्षीया गुरुङले शिक्षाको क्षेत्रमा गरेको योगदानप्रति क्याम्पस परिवारले धन्यवाद व्यक्त गर्दै सूस्वास्थ्य र लामो आयूको कामना गरेको छ । शुक्रबार क्याम्पस परिसरमा आयोजित सहयोग कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रमान लालचनलगायतको उपस्थिति रहेको थियो ।

Batas

उक्त रकम ग्रहण गर्दै अध्यक्ष लालचनले दाता गुरुङ समाजसेवामा निरन्तर लागेको बताउँदै शैक्षिक उन्नयनमा थप सहयोगी मनको आवश्यकता रहेको बताए । ‘पोखरा बहुमुखी सामुदायिक क्याम्पस हो’ लालचनले भने ‘क्याम्पसलाई गरिएको सहयोगबाट भोली समाज र देशले प्रतिफल पाउनेछ ।’

क्याम्पसले हालै शान्तिवन वाटिकामा नयाँ भवन निर्माण सुरु गरेको छ । अनुमानित ६ करोड ५० लाखको लागतमा निर्माण हुने भवनकालागि करिब २ करोड रुपैयाँ सहयोग जुटेको क्याम्पस प्रमुख शिशुकला पराजुलीले जानकारी दिइन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त क्याम्पस हाल क्युएए प्रमाणपत्र लिने तयारीमा रहेको बताउँदै प्रमुख पराजुलीले भनिन् ‘नयाँ र आफ्नै भवनबाट कक्ष सञ्चालन गर्न हामी दत्तचित्त छौं ।’

पोखराकै पहिलो मानिने सामुदायिक क्याम्पसमा हाल स्नातक तहअन्तरगत व्यवस्थापन र मानविकी संकायमा करिब ४ सय ५० विद्यार्थी अध्ययनरत छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.