www.tandavnews.com
Fact ~ In search of truth

खेलकुद महासंघद्धारा खेलाडीहरुलाई खोप

पोखरा ।

नेपाल खेलकुद महासंघको पहलमा आजबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई कोभिडविरुद्धको खोप दिन सुरु गरिएको छ । खेलकुद गतिविधिलाई चलायमान बनाउन महासंघको पहलमा खोप अभियान सुरु भएको हो ।

अभियान अन्तर्गत आज २ सय ५० जनालाई पहिलो चरणको खोप दिइएको राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सम्पन्न श्रेष्ठले जानकारी दिए । आज भलिबल प्रशिक्षणमा सहभागी खेलाडी, ओलम्पिकको तयारीमा रहेका खेलाडी तथा अफिसियलहरुलाई खोप दिइएको श्रेष्ठले बताए ।

Batas

महासंघले नेपाली खेलकुदलाई चलायमान बनाउन नेपाल सरकार संग ५ हजार खोप माग गरिएको बताउँदै राखेप सदस्य श्रेष्ठले कुनै संस्थाले समेत खोपका लागि पहल नगरेको अवस्थामा नेकोस अगाडी आएको भन्दै प्रशंसा समेत गरे ।

यस खोप अभियानका संयोजक समेत रहेका राखेप सदस्य तथा महासंघका उपाध्यक्ष सुभाष श्रेष्ठले देश भरिका करिव ५ हजार खेलाडीलाई खोप अभियानमा समावेश गराइने बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.