www.tandavnews.com
Fact ~ In search of truth

‘प्रधानमन्त्री देउवा मन पर्छ’ अभियानको पार्टीभित्रैबाट आलोचना

पोखरा/ताण्डव न्यूज

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंसा हुनेगरी उनको सचिवालयले सुरु गरेको अभियानप्रति नेपाली काँग्रेसका नेताहरूले नै विरोध गरेका छन् ।

‘मलाई शेरबहादुर देउवा मन पर्छ किनभने’ शीर्षकमा प्रधानमन्त्री देउवाको सचिवालयले विभिन्न भिडियो सामग्री सार्वजनिक गरेकोमा काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्रीको सचिवालयको यो कार्यलाई गाइजात्राको संज्ञा दिएका छन् ।

Batas

‘जीवनको हरेक क्षण देश, जनता र लोकतन्त्रका लागि समर्पण गरि जनताकाबीचमा स्थापित काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाज्यूका बारेमा सामाजिक सञ्जालमार्फत सुरु गरिएको भिडियो गाई जात्रा तत्काल बन्द गर्न प्रधानमन्त्रीको सचिवालयलाई विशेष अनुरोध गर्दछु’, खड्काले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि प्रधानमन्त्री देउवाको प्रशंसा गर्दै भिडियो सामग्री बनाउने र सामाजिक सञ्जालमा राख्ने काम बन्द गर्न सचिवालयको ध्यानाकर्षण गराएका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.